Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

सेभ द चिल्ड्रेनमा आक्रमण २ को मृत्यु, १२ घाइते

विहीबार, ११ माघ २०७४

काठमाडौं - बालबालिकाको शिक्षा लगायत अन्य अधाधारभूत क्षेत्रमा कार्यरत अन्तराट्रिय  संस्था सेभ द चिल्ड्रेनको अफगानिस्तानस्थित कार्यालयमा भएको आक्रमणमा २ जनाको मृत्यु हुनाका साथै १२ घाइते भएका छन् ।

पूर्वी अफगानिस्तानको जलालाबादस्थित कार्यालयमा स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे आक्रमण भएको हो । एक आत्मघाती आक्रमणकारीले कार्यालयको गेटमा गाडीमा विस्फोट गराएपछि आक्रमण गरेको थियो । सुरक्षाकर्मीको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् । त्यति बेला कार्यालयभित्र ५० कर्मचारी रहेको जनाइएको छ ।

आक्रमणमा तीन बन्दुकधारी संलग्न रहेको र कार्यालयको माथिल्लो तलामा सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहान भएको अन्तराट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  पाकिस्तानसँग सीमा जोडिएको जलालाबाद इस्लामिक स्टेट (आईएस) को पकड क्षेत्र मानिन्छ । आईएसले समाचार समिति अमाकमार्फत घटनाको जिम्मेवारी लिएको छ । तालिवानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको ट्वीटर मार्फत जनाएको छ ।

सेभ द चिल्ड्रेनले विज्ञप्ति जारी गर्दै आक्रमण घटनाले आफू दुखी रहेको र कर्मचारीको सुरक्षाप्रति चिन्तित रहेको जनाएको छ । अफगानिस्तस्थित राष्ट्रसंघीय मिसनले पनि नागरिक र सहायता एजेन्सीप्रति लक्षित आक्रमण मानवीय कानुनको उल्लंघन र युद्धअपराध भएको जनाएको छ ।

सन् १९७६ देखि अफगानिस्तानमा सक्रिय सेभ द चिल्ड्रेनले हाल त्यहाँका १६ प्रान्तमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले हालसम्म ७ लाख अफगान बालबालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गरेको जनाइएको छ ।

द्वन्द्वका क्रममा आक्रमण र अपहरणका बाबजुद सेभ द चिल्ड्रेनले अफगानिस्तानमा निरन्तर काम गर्दै आएको छ । तर २०१७ मा सात कर्मचारी मारिएपछि रेडक्रसले
आफ्नो उपस्थिति घटाउने घोषणा गत अक्टोबरमा गरेको थियो ।

प्रतिक्रिया