Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
बहस

हिसान चुनाव : अध्यक्षका प्रत्यासीका आ-आफ्नै तर्क

शुक्रबार, २५ पुस २०७१

काठमाडौं २५ पुस / उच्च माध्यामिक विद्यालय संघ हिसानको छैठौं राष्ट्रिय महाधिबेशन शनिबारबाट काठमाडौंको बुढानिलकण्ठमा शुरु हुँदै छ । हिसानका वर्तमान उपाध्यक्ष डा. माधवप्रसाद बरालरमेश सिलवाल आ-आफ्ना प्यानल सहित अध्यक्षका रुपमा चुनावी मैदानमा उत्रेका छन् । उनीहरुका विचार र योजनाकै सेरोफेरोमा रहेर हामीले छुट्टा छुट्टै छलफल गरेका छौं । 

डा. माधव प्रसाद बराल

तपाई किन हिसानको अध्यक्ष ?

किन भने देखि हिसान स्थापना काल देखि अर्थात् आज भन्दा १८ बर्ष अघि देखि म यसैमा लागेको र मेरो पहिलो प्लस टु र हिसानको पहिलो सदस्य भएको नाताले र आज सम्म म हिसानमा ३ पटक उपाध्यक्ष र २ पटक सदस्य भईसकेको मान्छे । त्यसैले गर्दा यस पछि हिसानमा सकृय नरहुँला । र बाबुराम सर र उमेश सर (डा. बाबुराम पोखरेल र उमेश श्रेष्ठ) पछि मेरै पालो भएकोले र म यो क्षेत्रमा विज्ञपनि भएकोले मैले अध्यक्षको उम्मेद्वारी घोषणा गरेको हुँ ।

चुनामा तपाईहरु मिलेर जान नसक्नु भएको बेला कसरी तपाईले नेतृत्व गर्नु होला ?

मिलेर जान नसक्ने भन्ने त कुरै छैन । किन भने पूर्व मेचि देखि पश्चिम महाकाली सम्म हामी गयौं । जाँदा खेरी सबै जिल्लामा हामीले सबै सम्मत नेतृत्व चयन गरेर आयौं । भने हामी पनि चुनाव गर्ने पक्षमा छैनौं । तर मेरो विचार के छ भने म भन्दा सिनियर जान्ने  बुझ्ने विद्धान आउँछ भने मैले उसलाई ठाउँ छोडिदिनु पर्छ । तर म भन्दा कनिष्ट आएर सर जानुहोस् भन्दा मेरोलागि सैह भएन ।

प्रतिष्पर्धामा त राजनीतिक रंङ् पनि देखियो । किन ?

अहिले सम्म राजनीतिक रंङ् भन्ने त मैले सोच्या पनि छैन । किन भने म राजनीतिक मान्छे नै हैन ।  २१ बर्ष सम्म चलाएँ । त्यो भन्दा पहिला रोनाष्टमा एज अ साईण्टिस्ट काम गरें । तर अहिले आएर तँ फलानो होस् भनेर लेबल लाईदिदैँमा म त त्यो सोच्दिन । किन भने  मेरा साथीहरु काँग्रेस पनि छन् माओवादी पनि छन् एमाले पनि छन् , सबै मेरा समर्थक छन् । कसरी म एउटा कुनै रानजीतिक पार्टिको भएँ ? म चाँही त्यो विश्वास गर्दिन ।

तपाईको समर्थन र झुकावले पनि काम गर्यो होलानी त ?

हैन झुकाव त मेरो हुँदै भएन । आज सम्म बराल सरको यो काँग्रेस एमाले भनेर भन्ने कसैले सक्या छैन । छ भने तपाईले देखाईदिनुहोस् । अव अहिले आएर चुनाव लड्दा खेरी एउटा एमालेको प्रतिष्पर्धि कसैले पार्टिको मान्छेको प्रतिष्पर्धि भयो भने म काँग्रेस भएँ त ? त्यो भन्न त मिलेन नी म त्यसरी हेर्छु के । अव सिलवाल सर त एमालेको क्याडर हो । त्यसको अर्थ म काँग्रेसी भएँ माओवादी भएँ भन्ने त मिलेन नी त ।

तपाई त अहिलेको कार्यसमितिको उपाध्यक्ष तपाईहरु जस्तो नेतृत्वमा भएको मान्छेले अवको कार्यसमिति कस्तो बनाउने भनेर किन गर्न नसक्या ?

बनाउनै पर्ने हो । तपाईले भनेको पनि ठिक हो । हामी त्यसमा लाग्यौँ पनि । उमेश सर लागि पनि रहनु भा छ । मलाई अनेक दोष लाग्छ तपाई उमेश सरको मान्छे तपाई काँग्रेसी भन्छन् । तर त्यो केही पनि हैन । उमेश सर जान लाग्नु भो उहाँले के भन्नु भो भने तपाईहरु अनुभवी पनि हुनुुहन्छ त्यो तरिकाले उहाँले सिलवाल सरलाई पनि भन्नु भो । त्यो अनुसार मैले उम्मेद्वारी दिएको हो । अव मैले यत्रो पूर्व मेचि देखि पश्चिम महाकाली सम्म घुमिसकेपछि र मैले आफूलाई चिनाई सकेपछि अव म उठ्दिन भन्दा खेरी त अव मैले ती साथीहरुलाई दिएको बाचा पनि त तोडिने भो नी त म त्यो तोड्न चाहन्न ।

अवको हिसानको नीति के हो त ?

अहिले बास्तबमा नेपालको शिक्षा नीति विदेशीहरुको डलरमा भर पर्छ । पैसा आउने भो नीति बनाईहाल्यो पैसा गयो त्यो नीति पनि गयो । फेरी नयाँ आयो । नयाँ शिक्षा त्यहि भयो । अमेरिकन पैसा आएर भयो । ४६ सालमा वल्र्ड बैंकको पैसाले गर्दा प्लस टुलाई कन्टिन्यु भो । अव अहिले एसएसआरपी भन्या छ फेरी पैसा आएको छ । त्यसरी नीति बनाएर त देश त हुँदैन । र हाम्रो हिसाको समस्या त छँदै छ । एसएलसीमा प्रवलम छ रिजल्ट टाईममा हुँदैन ।  एफिलेसन जथाभावी दिएको छ । अहिले सम्म स्थाई दिएन २१ बर्ष भो हेर्नुहोस् त यो भद्रगोल ।
 
अवको हिसान के का लागि हिड्ने त ?

अवको हिसान एउटा कँक्रिट पोलिसि लिएर ।

त्यो भनेको के हो ? 

त्यो पोलिसि भनेको के हो भने । हामी स्थापित संस्था छौं नी त्यो संस्थालाई जस्तो अहिले आएर प्लसटु हटाउने ९ – १२ ल्याउने भन्ने भो । ९ – १२ को एसएसआरपी प्रोजेक्ट पनि फेल भईसक्या प्रोजेक्ट छ अहिले । खाली के भो भने त्यो १३ खरबको प्रोजेक्ट हो । १३ खरबको ८० प्रतिशत सरकारको २० प्रतिशत दाताको । अव नेपाल सरकारले के बेहोर्ने भो भने अहिले सम्म ५ बर्षमा १३ प्रतिशत बजेट गर्दा उसको तलव सलव सब हुँदो रैछ । अव त्यो २० प्रतिशत खाने बहाना मात्र देखेँ मैले । त्यसैले गर्दा हिसनाले हाम्रो सम्पत्तिको रक्षा, उच्च माध्यामिक शिक्षा परिषद्लाई सुचारु रुपले चलाउने र हिसनाको आफ्नो इन्फास्ट्रक्चर पनि बनाउने । आर्थिक रुपमले मजबुद बनाउने ती सबैको लागि पनि हिसान चाहिएको छ ।

कार्य समितिमा त सहमती गर्न सक्नु हुन्न यत्रा योजना कसरी लागू गर्नु होला ?

यसो छ, मानौं अहिले संविधान बनेन अव संविधान बन्ने उपाय नहुने त ? मैले गर्दा हिसान रोकिने भएन नी । अथवा सिलवाल सरले गर्दा  हिसना रोकिने कुरा आएन नी । हो चल्दा कसरी चल्छ भन्ने कुरा हो । देशभरीबाट आएका प्रतिनिधिलाई म्यासेज त म दिने हो । रिजेक्सन गर्ने च्वाईस पनि छ नी त । यसको अर्थ म छोडिदिएर चुप लागेर बस्छु भन्ने पनि त हैन नी । मेरो भिजनलाई त म उठ्नै पर्ने भो । अव सबैले स्विकार्ने नस्विकार्ने उहाँहरुको कुरो । अहिलेको कुरो शसक्त हिसान राम्रो हिसान र राम्रो नेतृत्व चाहिएको छ त्यो नेतृत्व म दिन सक्छु भन्ने मलाई लागेको छ ।
 
किन एक हुन नसकेको भन्ने चाँही मलाई लागेको ...

सबैको आ आफ्नो महत्वकाँक्षा हुन्छ । सिलवाल सरको पनि आफ्नो महत्वकाँक्षा छ । त्यो मिट गर्न उहाँले गर्नु भाको । उहाँले भनेको कुरा उहाँले म हिसान यसरी चलाउँछु भन्ने कुरा सबैलाई मन पर्यो भने उहाँले गर्नुहोला । हैन मैले भनेको कुरा मेरो कुराहरु हुन्छ भने मलाई भोट देलान् । तर अहिले मैले छाडेर गउँ भने ती मान्छे जसलाई मलाई उठाएका छन् ती प्रति अविश्वास हुन्छ । 

रमेश सिलवाल

तपाई किन हिसानको अध्यक्ष ?

राम्रो प्रश्न सोध्नु भो । अहिले के छ भने सिङ्गो शिक्षा क्षेत्र सक्रमण कालमा छ । त्यसैले शिक्षा क्षेत्रलाई एउटा दिशा दिनको निम्ति । जस्तो की यूनिभर्सिटि एजुकेशनलाई एउटा दिशा स्पष्ट बनाउन, प्लस टु एजुकेशनलाई दिशा क्लियर गर्न र स्कुल एजुकेशनलाई एउटा दिशा दिनको निम्ति  । नीतिगत रुपमा स्पष्ट हुने र त्यो नीतिलाई भोली नेपालको नीयम कानूनहरुमा बकालत गर्न हो । दोश्रो कुरो त्यो नीतिलाई कार्यान्वयन गर्न आवश्यक प्रशासनिक र प्राविधिक तयारी गर्न आवश्यक छ, त्यसको निम्ति हो । तेश्रो भनेको साथि भाईहरुलाई एकआपसमा एकता गर्नको निम्ति हो ।

तर, चुनाबमा तपाईहरु मिलेर जान सक्नु भएन प्रतिस्पर्धानै राजनीतिक रंङ्बाट गर्दै हुनुहुन्छ  भने कसरी हुन्छ एकता ?

हैन म त साझा उम्मेद्वार हुँ । अर्काले राजनीति गर्यो भने त्यसको जिम्मा उसैले लिने हो । मत सबै विचार धारालाई सबै जाती भाषा, लिङ्ग बर्ण क्षेत्र सबैलाई समेट्नु पर्छ भन्ने मान्छे ।

किन दुई खेमाबाट उठ्ने तयारी गर्नुभा त ?

एउटा स्वस्थ्य अर्गनाईजेनमा  चुनावमा अलिअलि तरंङ पैदा हुँछ । यसको अर्थ के हो भने यो संगठन गतिशिल भएछ । यस प्रति मान्छेको विश्वास बढेछ, आकर्षण बढेछ भन्ने बुझ्नु पर्छ । त्यसैले तरङ् आयो भनेर चिन्ता हैन खुसी मान्नु पर्छ भन्ने मलाई लाग्छ ।

तपाईलाई एमालेको उम्मेद्वार भन्ने प्रतिस्पर्धिलाई काँग्रेस भन्ने तपाईहरु काम गर्ने शिक्षामा अनी रंङ् दिने राजनीतिको ...

मैले भनेको छैन । हामीले के भनेका छौं भने यो पेशागत संगठन हो । म पेशागत उम्मेद्वार हुँ । पेशागत रुपमा कृयाशिल सबै साथीहरुले तँ हुनु पर्छ भनेका छन् । सिङ्गो प्लस टु को नेता हुँ म । एमालेको नेता भएत म एमालेको केन्द्रिय कमिटिमा उठ्थे होला नी त ?

पहिलाको फ्लेवरले काम गर्यो की त तपाई त एमालेको कार्यकर्ता नै हुनुहुन्थ्यो ...

हैन आस्था विहिन मान्छे हुँदैन । विचार विहिन मान्छे हुँदैन । चुनाव भयो भने म कुनै न कुनै पार्टिलाई भोट हाल्छु । म भोट हाल्दिन विचार सुन्य मान्छे हो भन्ने हैन । तर त्यो चुनाव र यो चुनाव फरक हो । यो पेशागत अर्गनाईजेशन हो । यो शिक्षासँग सम्बन्धित  संस्था हो । त्यसको निम्ति एमाले आवश्यक छ, काँगे्रेस आवश्यक छ । माओवादीलाई पनि कन्भिन्स गर्नु आवश्यक छ । तराई मधेस लगायत अरु दललाई पनि गर्नु आवश्यक छ ।

तपाई त अहिलेको कार्यसमितिको उपाध्यक्ष तपाईहरु जस्तो नेतृत्वमा भएको मान्छेले अवको कार्यसमिति कस्तो बनाउने भनेर किन गर्न नसक्या ?

एकदम ठिक प्रश्न उठाउनु भो । मैले उम्मेद्वारी घोषणा गरेको हैन । बरिष्ठ उपाध्यक्ष महासचिव सबै सचिव कोषाध्यक्ष लगायत सबै टिमले तेरो आज आवश्यकता हो उठ भने । जहाँ सम्म अर्को साथीको प्रश्न छ उहाँ आफैंले उम्मेद्वारी घोषणा गरेर हिड्नु भो । होला नी त उम्मेद्वारी घोषणा गर्ने प्रकृया ? तलबाट उहाँले उम्मेद्वारी घोषणा गर्नु भो मेरो उम्मेद्वारी केन्द्रिय कमिटका साथीहरुले गर्नु भो फरक यहाँ नेर छ । यदि उहाँ साँच्चै उम्मेद्वार हुन चाहनु भएको हो भने पैलो छलफल त केन्द्रबाट गर्नु पर्ने हो नी त । डेमोक्याट्रिक एक्सरसाईज त केन्द्रबाट गर्नु पर्ने हो नी त । त्यो भएन । म जहाँ जहाँ हिँडेको छु मैले उहाँलाई भनेको छ ल हिड्नुहोस् । महेन्द्रनगर देखि चितवन सम्म एउटै गाडीमा हिड्यौं, सँगैं खायौं, संगै बस्यौं । यो जरुरी नै छैन ।

त्यहि भएर त राजनीतिक रंङ् आयो भनेको नी त मैले ।

हैन हैन म र माधव सरमा उहाँ सिनियर हो उहाँ विद्धान हो उहाँको संस्था राम्रो छ । त्यसमा विरोध गर्नु पर्ने केही छैन । तर कुरो के हो भने कुनै मान्छे नेतृत्वमा जान्छ भने नेताको पनि कुनै क्राईटेरीया होलानी त । मेरो मूल कुरो चाँही पहिला नीतिगत रुपमा छलफल गरौं, त्यो नीतिगत छलफल भएपछि तय भएको नीतिलाई बोक्न सक्ने तुलनात्मक रुपमा योग्य र सक्षम नेतृत्व छानौं न त ।

अवको हिसान केको लागि हिड्ने हो ? के हो उसको लक्ष्य ?

शिक्षामा भएको तदर्थबादको अन्त्य अवको लक्ष्य हो । नीतिगत अन्यौलतालाई चिर्नको लागि अवबो हिसान हिड्ने हो ।  नीतिगत सुस्पष्टता शिक्षामा तथर्दबादको अन्त्य र अव बन्ने मूलूकको शिक्षाका स्वरुप, लक्ष्य र उद्धेश्यका बारेमा क्लियर गर्न अवको हिसान हिड्ने हो । अवको हिसान सानो तिनो मुद्धामा अल्झने हैन । किन मैले यो कुरो उठाईरहेको छु भने कक्षा ११ र १२ हेर्दा एउटै देखिन्छ । तर यसको जिम्मेवारी र दायित्व ठूलो छ । यूनिभर्सिटि एजुकेशन अधिकाँश प्लस टु वाला साथीहरुले थेग्नु भा छ । स्कुल हेर्नुहोस् अधिकाँश ठूला स्कुल यसैले थेग्या छ । यस्तो अवस्थामा यसको जिम्मेवारी र दायित्व के रैछ भने विद्यालयलाई विश्वविद्यालय सँग जोड्ने पुलको रुपमा काम गर्या रैछ । त्यो पुलको रुपमा काम गर्ने अनी हाम्रा विद्यार्थी विदेश नजाउन् र विदेशी विद्यार्थी नेपालमा आउन् भने त त्यो अनुसारको योजना ल्याउनु पर्यो त्यो अनुसारको कार्यान्वयन गर्नु पर्यो ।

कार्यसमितिमा त सहमती गर्न सक्नु हुन्न यत्रा योजना कसरी लागू गर्नु होला ?

अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैन ? भारतमा प्रधानमन्त्रीको चुनाव हुँदैन ? तपाईसँग म विनम्रतापूर्वक भन्छु चुनाव हुँदैनमा ति मुलुक सहिए त ? चुनावले संगठनलाई गतिशिल बनाउँछ चुनावले संगठनलाई ध्वस्त बनाउने मात्रै हैन ।

प्रस्तुती : श्रीधर पौडेल

प्रतिक्रिया