Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विद्यार्थी बोकेको बसलाई रेलले ठक्कर दिदाँ १३ विद्यार्थीको मृत्यु

शुक्रबार, १४ बैशाख २०७५

काठमाडौं - भारतको कुशीनगर जिल्लाको बेहपूर्व भन्ने ठाउँमा रेलले विद्यार्थी बोकेको बसलाई ठक्कर दिदाँ कम्तिमा १३ विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परेका बालबालिका अधिकांश दश वर्षमुनिका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३ सय २३ किलोमिटर टाढा भएको उक्त  दुर्घटनामा कम्तीमा सातजना घाइते भएका छन् । सिवानबाट गोरखपुरतर्फ जाँदै गरेको रेलले युपीको थावे–कम्पतागञ्ज सडकखण्डमा बाटो पार गर्न लागेको बसलाई ठक्कर दिएको प्रहरीलाई यदृत गर्दै भारतीय सञ्चार माध्यामले जनाएका छन् ।  

घाइते विद्यार्थीलाई तत्काल अस्पताल पुर्याइएको र केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले मृतक तथा घाईतेका परिवारलाई राहत रकम दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया