Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेला सम्पन्न, १ लाख ५५ हजार बढीद्वारा अवलोकन

आइतबार, २० असार २०७२

काठमाडौं २० असार / विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श तथा जानकारी दिने उद्धेश्यले बिहिबारबाट शुरु भएको शैक्षिक मेलाको अन्तिम दिन आईतबार करिब ३० हजार जनाले मेला अबलोकन गरेका छन् । चार दिनमा झण्डै १ लाख ५५ हजार अवलोकन कर्ताले मेला अवलोकन गरेको आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जनाएको छ । 

मेलामा विद्यार्थी अभिभावक र सोकारवालाहरुको उत्साहपूर्ण सहभागिता रहेको मेला आयोजक समितिका संयोजक एवं ईक्यानका उपाध्यक्ष रामचन्द्र पौडेलले बताए । मेलामा पहिलो दिन विहिबार २० हजार शुक्रबार ४५ हजार, शनिवार ६० हजार र आइतबार अन्तिम दिन ३० हजार भन्दा बढीको उपस्थिति रह्यो, उनले भने । 

मेलामा अष्ट्रेलिया, अमेरिका ,बेलायत, जापान, क्यानडा, न्यूजिल्याण्ड, चीन भारत बंगलादेश सहितका विभिन्न मुलुकमा अध्ययनका लागि परामर्शदाता र कलेजका प्रतिनिधिले परामर्श दिएका थिए ।  मेलाले आफूहरुलाई भविष्यमा उच्च शिक्षा अध्ययनका लागि देश छनौट गर्न सघाएको विद्यार्थीले बताए । 

मेलाको समापन  इक्यानका सल्लाहकार एवं नेपाल हेल्थ रिसर्च काउन्सिलका अध्यक्ष डा.कृष्ण अधिकारीले गरे ।  कार्यक्रममा शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख तथा उपसचिव नन्दलाल पौडेलले युग सुहाउँदो बैज्ञानिक शिक्षा प्राप्त गर्ने विद्यार्थीको चाहना पूरा गर्न मेलाले मद्धत पु¥याएको भन्दै परामर्श क्षेत्रमा देखिएका विसंगति हटाउन ब्यवसायीहरुले सरकारलाई सघाउनु पर्ने बताए । समापनका अवसरमा मेलामा स्टल राख्ने नेपाल र विदेशका विभिन्न शैक्षिक परामर्शदाताहरु र विश्वविद्यालय एवं कलेजहरु र मेला सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई सम्मान गरिएको थियो । 

मेलाको सफलताले नेपाललाई भविष्यमा नयाँ शैक्षिक गन्तब्य बनाउने ईक्यानको अभियानमा थप बल मिलेको अध्यक्ष राजेन्द्र बरालले बताए । यसका लागि राज्यदेखि शिक्षा क्षेत्रका सबै सरोकारवाला एकजुट भएर अघि बढ्न उनले आग्रह गरे । शैक्षिक परामर्शदाताहरुको छाता संगठन इक्यानले विगत ९ वर्षदेखि शैक्षिक मेला आयोजना गर्दै आएको छ ।  

प्रतिक्रिया