Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
विदेशमा शिक्षा

ईक्यान शैक्षिक मेलाको दोश्रो दिन: शैक्षिक गन्तब्यको आधार दिदैं एमाले सचिव

शुक्रबार, १८ असार २०७२

काठमाडौं १८ असार / नेकपा एमालेका सचिव योगेश भट्टराईले राज्यले अग्रसरता लिने हो भने नेपाललाई नयाँ शैक्षिक हबका रुपमा विकास गर्न सकिने बताएका छन् । भौगोलिक, साँस्कृतिक र प्राकृतिक विविधताका हिसाबले नेपालमा शैक्षिक गन्तब्य बन्न सक्ने प्रशस्त आधार भएको उनको भनाई छ । 

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श र जानकारी दिन शैक्षिक परामर्श संघ ईक्यानद्धारा भृकुटीमण्डपमा आयोजित मेलाको अवलोकन पछि उनले यस्तो बताएका हुन् । मेला हेर्न पुगेका भट्टराईलाई इक्यानका अध्यक्ष राजेन्द्र बरालले स्वागत गरे ।  

मेलाको दोश्रो दिन शुक्रबार पहिलो दिनको तुलनामा दोब्बरको संख्यामा अवलोकनकर्ता पुगेको ईक्यानले जनाएको छ । मेलाको उद्घाटन बिहीबार भएको थियो । 

मेलामा विभिन्न देशका कलेज र विश्वविद्यालयहरुमा अध्ययन गर्नका लागि परामर्शदाताहरु मार्फत र सोझै कलेज प्रतिनिधिसंग पनि विद्यार्थीले छलफल गर्न पाएका छन् । मेलामा आएका विद्यार्थीहरुमध्ये अधिकाँशको रुचि अमेरिका, अष्ट्रेलिया, जापान लगायतका मुलुक भएको ईक्यानले जनाएको छ । 

मेलामा विभिन्न २ सय ५ स्टलहरुबाट परामर्शदाताहरुले विद्यार्थीलाई आवश्यक सूचना र जानकारीहरु उपलब्ध गराइरहेका छन् ।        

 

प्रतिक्रिया