Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा जापान

नेपाल जापान बिच शैक्षिक, साँस्कृतिक आदान प्रदान हुने

बुधबार, २० जेठ २०७२

Displaying DSC08955.JPGकाठमाडौं २० जेठ / नेपाल र जापानका विद्यार्थी तथा शिक्षकहरुलाई दुई देशको कला र संस्कृतिको अध्ययन अनुसन्धान गर्न सहमती भएको छ । नयाँ आयाम मल्टि(डिसिप्लिनरी इन्ष्टिच्यूट लिमिटेड (नामी), नेपाल जापान मैत्री समाज तथा ग्राउण्डवर्क मिसिमा, जापान बीच सहमती भएका हो । वातावरण, कला, संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान तथा विकास गर्ने समझदारी पत्रमा त्रिपक्षीय सहमती भएको हो ।

नामी कलेजको जोरपाटी, काठमाडौंमा भएको एक कार्यक्रमका विच तीनबर्षे सहमती पत्रमा हस्ताक्षर भएको हो । सहमती अनुसार नेपाल तथा जापानबीच शैक्षिक, कला, संस्कृति, पर्यावरण सम्बन्धी अध्ययन अनुसन्धान तथा संवद्र्धन गर्न विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई आदान प्रदान गर्न सकिने व्यहोरा उल्लेख गरिएको छ । समझदारी पत्रमा नयाँ आयाम मल्टि - डिसिप्लिनरी  इन्ष्टिच्यूट लिमिटेडका तर्फबाट अध्यक्ष डा. आरजु राणा देउवा, नेपाल जापान मैत्री समाजका तर्फबाट अध्यक्ष लेखनाथ घिमिरे तथा ग्राउण्डवर्क मिसिमा, जापानका तर्फबाट प्रा.डा. तोयोहिरो वातानावेले हस्ताक्षर गरे ।

उक्त अवसरमा वातानावेले नेपाल तथा जापानका विद्यार्थी, शिक्षक र कर्मचारीहरुको अध्ययनले दुई देश बिच पर्यावरण, कला र संस्कृतिको अध्ययन अनुसन्धानतथा संवद्र्धन गर्न सक्ने बताए ।

प्रतिक्रिया