Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेला गरिने

आइतबार, २४ असार २०७५

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि परामर्श र आवश्यक जानकारी दिन हरेक बर्ष जस्तै यो बर्ष पनि शैक्षिक मेला गरिने भएको छ । 

नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गर्न लागेको उक्त मेलाको एक लाख भन्दा वढि विद्यार्थी र अभिभावकले अवलोकन गर्ने आयोजक संस्थाका अध्यक्ष विष्णुहरि पाण्डेले अपेक्षा गरे । साउन ३ गते देखि भृकुटीमण्डपमा हुने उक्त ४ दिने मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउने पाण्डेको दावी छ । मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पाण्डेले मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको बताए । 

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने उनले जनाए । 

'नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा हामि विश्वस्त छौ ।' 

वान अप प्रा. लि.को व्यवस्थापनमा हुने मेलाको प्रजेन्टरमा ब्रिटिस काउन्सिल रहेको छ । मेलाका अवसरमा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेण्टल क्याम्पको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ । 

संघमा ३ सय ८८ सदस्य संस्थाहरु आवद्ध छन् । यी मध्ये मेलामा सहभागी हुनेको अन्तिम नाम तय हुने चरणमै रहेको पाण्डेले बताए । संघका चितवन, कास्की, ललितपुर तथा पुर्वाञ्चलमा गरि ४ वटा शाखाहरु रहेका छन् भने रुपन्देहिमा सम्पर्क केन्द्र गठन गरिएको छ । 

 

प्रतिक्रिया