Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीलाई लक्षित गरी मेला, कर्जा र विप्रेषणको समेत जानकारी पाउने

आइतबार, १३ साउन २०७५

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श तथा शैक्षिक गन्तब्यका बारेमा जानकारी दिने उद्धेश्यले परामर्श दातृ संस्था कंगारु एजुकेशन फाउण्डेशनले शैक्षिक मेला गर्ने भएको छ । 

आगामी बुधबार फाउण्डेशनको पुतलीसडक स्थित केन्द्रिय कार्यालय एबि कम्प्लेक्स पद्मोदयमोडको सभा हलमा उक्त शैक्षिक मेला हुने छ । मेलामा अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका बिभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी तथा निजी कलेजहरुको  सहभागीता रहने फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए ।

मेलामा विद्यार्थी तथा तीनका अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न र आवश्यक  जानकारी लिन पाउने ब्यवस्था मिलाईएको आयोजक संस्थाले जनाएको छ । उक्त अन्तरक्रियामा गन्तब्य मुलुकको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति  लगायत आवश्यक कागजातको तयारी र भर्ना तथा भिजा प्रकृयाका बारेमा परामर्श लिन सकिने तिमिल्सिनाले बताए । निशुल्क प्रवेशको ब्यवस्था गरिएको विहान १० बजे देखि ५ बजे सम्म हुने उक्त मेलामा विधार्थीलाई बिशेष अफर र उपहारको समेत ब्यवस्था मिलाईएको आयोजक संस्थाले जनाएको छ ।  

मेलामा आइ.डी.पी र सिद्धार्थ बैक पनि सहभागी  हुने भएकोले विद्यार्थी तथा तीनका अभिभावकले शैक्षिक कर्जा र विप्रेषण सेवा सम्बन्धी जानकारी समेत पाउने छन् ।  

यसै गरी साउन १८ गते कंगारु एजुकेशनको पोखरा स्थित शाखा कार्यालय सेलवेज टावरमा पनि दुई दिने शैक्षिक मेला आयोजना गरिएको पोखरा शाखा प्रमुख टि आर काफ्लेले बताए ।    

कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात वटा शाखा कार्यालयका साथै अष्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एउटा शाखा कार्यालय रहेका छन् । 

 

प्रतिक्रिया