Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

विद्यार्थीको हाजिरी तरिकामा परिवर्तन, 'एस सर' 'एस मिस' मा रोक !

बुधबार, १८ पुस २०७५

काठमाडौं - कक्षा शुरु हुनु अघि शिक्षकले विद्यार्थीको हाजिर गर्दा अपनाउने तरिकामा परिवर्तन गर्दै भारतको गुजताराका विद्यालयहरुमा नयाँ विधि अपनाईएको छ । सन् २०१९ को पहिलो दिन देखिनै गुजरातका विद्यार्थीले हाजिर बोलाउँदा जय हिन्द अथवा जय भारत भन्नु पर्ने ब्यवस्था गरिएको हो ।  

गत सोमबार प्राथमिक शिक्षा निर्देशालय र गुजरात माध्यमिक एवं उच्चतर माध्यमिक शिक्षा बोर्डले उक्त विधि अपनाउन निर्देशन दिएसँगै विद्यालयहरुमा हाजिरीको नयाँ तरिका शुरु भएको छ । बालबालिकामा बच्चै देखि देश भक्तिको भावना पैदा गर्न हाजिरीमा नयाँ तरिका अपनाईएको उक्त निर्देशनमा उल्लेख छ । 

कक्षा १ देखि १२ सम्मका विद्यार्थीले उक्त विधि अपनाउन सूचना जारी गरिएको बीबीसीले जनाएको छ । यस अघि विद्यार्थीले 'एस सर', 'एस मिस' वा 'प्रजेण्ट सर', 'प्रजेण्ट मिस' भन्दै आएका थिए । 

 

प्रतिक्रिया