Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

स्ववियु चुनाव फाुगनमा

सोमबार, २३ पुस २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आङ्गिक क्याम्पसहरुमा आगामी फागुनमा स्ववियु चुनाव गर्ने भएको छ । चुनावको तयारी गर्न विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले सबै क्याम्पस प्रमुखहरुलाई सोमबार पत्राचार गरेका छन् । उक्त पत्रमा चुनाव सम्बज्धि अन्य आवश्यक जानकारी पछि पठाईने भन्दै मिति भने तोकिएको छैन । त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ ।

उक्त परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्व.वि.यु. निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा भएको हुँदा २०७५ फागुन महिनामा हुने स्व.वि.यु. निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ ।

अहिलेको स्ववियुको २ बर्षे अवधि फागुन १८ गते सकिदैं छ । त्रिविले यस अघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । सोही चुनावबाट त्रिविमा स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरको हदबन्दी लागू भएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले गरेको छ । 

 

प्रतिक्रिया