Edukhabar
बुधबार, ०५ बैशाख २०८१
गतिविधि

एसईई परीक्षाबारे छलफल

मंगलबार, २९ माघ २०७५

काठमाडौं - एसईई परीक्षालाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले सुरक्षा सहित सरोकारवाला निकायसँग छलफल गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा बिभिन्न सरोकारवाला निकायसंग छलफल गरेका छन् । प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परीक्षा भयरहित र व्यवस्थित हुनु पर्ने बताउँदैं छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताएका छन् । यसबर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उहाँले यस बर्ष प्रदेशगत रुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । बरालले उत्तर पुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । परीक्षा आगामी चैत्र १० गते देखी शुरु हुँदैंछ ।

प्रतिक्रिया