Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

गतिलो काम गरेका दुई शिक्षक सम्मानित

आइतबार, ०५ फागुन २०७५

काठमाडौं - सार्वजनिक शिक्षा सुधारमा गतिलो काम गरेको भन्दै दुई जना शिक्षकलाई सम्मानित गरिएको छ । सिरहाको अर्नमा गाउँपालिका कृष्णपुर स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक देवकुमार महतो र पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार काठमाडौंकी प्रधानाध्यापक विनिता रञ्जितलाई सम्मान गरिएको हो । 

शिक्षा पत्रकार समूहले आफ्नो १९ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सार्वजनिक शिक्षा सुधारमा भईरहेका राम्रा काम र त्यसमा संलग्नहरुलाई हौसला दिन सम्मानको शुरुवात गरिएको अध्यक्ष रोश्ना सुब्बाले बताईन् । 

शिक्षाविद् केदारभक्त माथेमा, शिक्षा सचिव खगराज बराल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख चिरञ्जिवी खनाल र सुब्बाले संयुक्त रुपमा उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए । सम्मान पाएपछि शिक्षक द्वयले आफूहरुलाई अझ प्रेरणा मिलेको बताउँदै सुधारमा थप सकृय रहने प्रतिवद्धता व्यक्त गरे । 

शिक्षाविद् डा. शुसन आचार्य, समूहका पूर्व अध्यक्षहरु सुदर्शन सिग्देल र दीपक दाहाल सम्मिलित  छनौट समितिले उनीहरुको नाम चयन गरेको उक्त कार्यक्रममा जानकारी दिईयो । 

प्रतिक्रिया