Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षाका सहसचिवको बढुवा

आइतबार, २६ फागुन २०७५

काठमाडौं - शिक्षा मन्त्रालयकी सहसचिव देवकुमारी गुरागाईंलाई सरकारले सचिवमा बढुवा गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो । तत्कालका लागि उनको मुकाम नतोकिए पनि सचिवका रुपमा उनको वहाली प्रधानमन्त्री कार्यालयमै गर्ने तयारी भएको श्रोतले जनाएको छ । सरकारले केही दिनमा सचिवहरुको जिम्मेवारीमा फेरवदल गर्ने तयारी गरेकोले त्यस पछि मात्रै उनको स्थायी मुकाम तोकिने प्रधानमन्त्री कार्यालय श्रोतको भनाई छ ।

२०२८ सालमा तेह्रथुममा जन्मेकी गुरागार्इं २०५१ सालमा नायव सुब्बाबाट शिक्षा सेवा प्रवेश गरेकी थिईन् । उनको पहिलो पोष्टिङ् तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषामा भएको थियो । २०५१ सालमा खुल्लाबाट अधिकृत भएकी उनी २०६५ साल बैशाखमा खुल्लाबाटै उपसचिव बनेकी थिईन् । उपसचिव भएको ११ महिनामै त्यही बर्षको चैत ९ गते खुल्लाबाटै सहसचिव भएकी  थिईन् ।

निजामती सेवामा एकै परिवारका दाजुभाइ सचिव भए पनि दाजु बहिनी सचिव भएको रेकर्ड भने गुरागाईंले राखेकी छन् । लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईं उनका दाजु हुन् । उनका श्रीमान भने सञ्चयकोषका कर्मचारी हुन् ।

प्रतिक्रिया