Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

विश्वविद्यालय केन्द्रीय विभागको सहकार्यमा वैज्ञानिक सम्मेलन

बुधबार, २७ चैत्र २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यक्रमा प्रदेश तीनको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अन्तराष्ट्रिय  युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । विभिन्न प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्दै विज्ञान र प्रविधिको माध्यमवाट समग्र विकासलाई अघि वढाउन आवश्यक प्रविधिको महत्व उजागर गर्न सम्मेलन गर्न लागिएको आयोजकको दावी छ । जल, जमिन, जिवन र वातावरणका वारेमा हुने अनुसन्धानमुलक छलफलबाट देशले अँगालेको  समृद्धिको अभियान साकार पार्न सकिने अपेक्षा गरिएको छ । 

दीर्घकालिन विकासका लागी विज्ञानका विविध विषयहरुमा अन्तराष्ट्रिय छलफल चलाउन र्साक राष्ट्र स्तरीय युवा वैज्ञानिक सम्मेलन अयोजना गर्न लागिएको प्रदेश तीनको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव एवंम विज्ञान वातावरण तथा जलवायु परिवर्तन शाखाका प्रमुख रघुराम पराजुलीले बताए । सम्मेलनका सार्क क्षेत्रका युवा वैज्ञानिकहरुले कृषि तथा वन, ऊर्जा  तथा बातावरण, जलवायु परिवर्तन तथा प्राकृतिक सम्पदाको व्यवस्थापन, जलविज्ञान, प्राकृतिक विपत्ति, उद्योग तथा पर्यटन, विज्ञान तथा प्रविधि, सिमाक्षेत्रमा रहेको व्यापक प्राकृतिक सम्पदाहरुको दीर्घकालिन व्यवस्थापन र नदि कटान क्षेत्रको व्यवस्थापनको बिषयहरुको बैज्ञानिक कार्यपत्र प्रस्तुत गर्दै छलफल गरी प्राप्त प्रतिवेदन प्रदेश सरकार सक्षम पेश गर्ने सम्मेलन अयोजक समितिका अध्यक्ष तथा  जलतथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख  डा.दीपक अर्यालले बताए । 

सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र विषय क्षेत्रको बारेमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुलाई विद्युतिय माध्यामहरुवाट सम्पर्क अघि वढाइ सकिएको, सम्मेलनका लागी आवश्यक वेवसाइट बनाइ सकिएको, सार्क क्षेत्रका सम्वन्धित विषयका विशेषज्ञहरुसँग सम्पर्क गरिसकिएको सम्मेलनका सम्पर्क व्यक्ति एव. जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद दवाडीले जानकारी दिए ।  सम्मेलनमा नेपाल बाहेका अन्य  राष्ट्रबाट आउने वैज्ञानिकहरुमध्ये सार्क क्षेत्रका १५ जना युवा बैज्ञानिकहरुको सम्पूर्ण खर्च आयोजकले व्येर्होने तय भएको छ ।  सम्मेलनमा कार्यपत्र सहित उपस्थिति जनाउन युवा वैज्ञानिकहरुको लागी ३० अप्रिल सम्म सम्पर्क गर्ने समयावधि उपलब्ध गराइएको छ ।  २ दिने उक्त सम्मेलन आगामी जेठ २२ र २३ गते अयोजना हुने छ । 

 

प्रतिक्रिया