Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

प्रधानमन्त्रीको चौथो विद्यावारिधि क्रिश्चियन विश्वविद्यालयको !

बुधबार, १५ जेठ २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो विद्यावारिधिको उपाधि क्रिश्चियन विश्वविद्यालबाट प्राप्त गरेका छन् । नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै कोरियाको काङनाम विश्वविद्यालयले उनलाई बुधबार मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको हो । विश्विद्यालयलका प्रेसिडेण्ट डा.शिनिल युनले ओलीलाई उपाधी प्रदान गरेका हुन् । 

उपाधि ग्रहण पछि प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि सम्पूर्ण नेपालीलाई कोरियाले गरेको सम्मानका रुपमा लिएको उल्लेख गरे । उनले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने नेपाल पनि अब छोटो समयमै विकसित हुने बताएका उनको वेभसाईटमा पोष्ट गरिएको विवरणमा जनाईएको छ ।  ।

क्रिश्चियन धर्मको विकास र विस्तारका लागि सन् १९४६ सालमा चुङ एङ थियोलोजी इन्स्टिच्युटको नाममा स्थापना भएको संस्था १९७६ मा काङनम सोसियल वयलफेयर स्कुलमा परिवर्तन भएको थियो । सन् १९८९ मा काङनम कलेजका रुपमा विकास गरिएको सोही संस्था सन् १९९२ देखि निजी स्तरमा सञ्चालित विश्वविद्यालयको रुपमा रहेको उसको वेभसाईटमा उल्लेख छ । 

यस अघि नै ओलीले विभिन्न विश्व विश्वविद्यालयबाट विद्यावारिधिको तीनवटा मानार्थ उपाधि प्राप्त गरिसकेका छन् । 

यस अघि नक्कली विश्वविद्यालयले सन् २०१० मा ओलीलाई राजनीति शास्त्रको मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । अमेरिकन विश्वविद्यालय भनिए पनि उक्त विश्वविद्यालयनै नक्कली रहेको सार्वजनिक भएको थियो । उक्त तथ्य सार्वजनिक भए पछि त्यही विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हुँदै नभएको विश्वविद्यालयको नामको उपाधिले लाज लागेको भन्दै फिर्ताको घोषणा गरेका थिए । तर ओलीले भने त्यस बारेमा कुनै प्रतिकृया सार्वजनिक गरेका थिएनन् । 

त्यस्तै पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीलाई भारत उत्तराखण्डको पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एंव प्रौधोगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि दिएको थियो । 

नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरिसकेको छ । 

फोटो : प्रधानमन्त्रीको वेभसाईट 

प्रतिक्रिया