Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षक परीक्षामा परिवर्तनको तयारी, विषयगत अघि प्रारम्भिक पास गर्नै पर्ने

मंगलबार, १७ असार २०७६

भक्तपुर - शिक्षक हुनु अघि दुई थरी परीक्षा पास गर्नु पर्ने व्यवस्था सहित शिक्षक सेवा आयोगको नियमावली संशोधनको तयारी गरिएको छ । स्विकृतीका लागि मन्त्रीपरिषद्मा पुगेको नियमावलीमा शिक्षक हुन चाहनेले दिनु पर्ने लिखित परीक्षा अन्र्तगत दुई थरी परीक्षाको व्यवस्था गरिएको हो । 

लिखितको सय पूर्णाङ्कको विषयगत परीक्षा अघि सय पूर्णाङ्ककै प्रारम्भिक सामान्य परीक्षा पास गर्नै पर्ने व्यवस्था गरिएको मन्त्रीपरिषद् श्रोतले जनाएको छ । उक्त व्यवस्था लागू भएपछि शिक्षक हुन चाहनेले प्रारम्भिक परीक्षा पास गरेपछि मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने छन् । शिक्षण पेशाको गुणस्तर बढाउन र प्रतिस्पर्धि बनाउन भन्दै उक्त प्रस्ताव गरिएको जनाईएको छ । 

यसले गर्दा योग्य शिक्षक छनौटको आधार निर्माण हुने शिक्षा मन्त्रालयको तर्क रहेको उक्त श्रोतले जनायो । 

आयोगको नियमावलीको नवौंैं संशोधनमा रहेको लिखितको सय, प्रयोगात्मकको २५, अन्तरवार्ताको २५ अँक हुने व्यवस्था थियो । लिखितको उत्तीर्णाङ्क ३५ र प्रयोगात्मकको १० हुने व्यवस्थामा परिवर्तन गर्न लागिएको हो ।

अब, लिखित अन्र्तगत हुने प्रारम्भिक र  विषयगत परीक्षाको पूर्णाङ्क सय– सय अँकको हुने छ । प्रयोगात्मक र अन्तरवार्ताको अँकमा भने विद्यमान व्यवस्थाकै जस्तो २५ – २५ अँक यथावत राखिएको छ ।  

प्रारम्भिक परीक्षाको उत्तीर्णाङ्क भने ५० र विषयगतको उत्तीर्णाङ्क ४० प्रतिशत रहने व्यवस्थाको प्रस्ताव गरिएको छ । नयाँ व्ष्वस्थ ागर्न लागिएको प्रारम्भिक परीक्षामा भने बस्तुगत प्रश्न सोधिने छ । शिक्षकको अन्तिम नतिजामा भने प्रारम्भिक परीक्षामा प्राप्त गरेको अँक समेत जोडि योग्यताक्रमका आधारमा अन्तिम नतिजा प्रकाशन हुने छ । 

अन्तवार्ताको लागि छुट्याइएको पच्चीस अङ्कमा पनि परिवर्तन गरिने भएको छ । यस अघि अनुभव वापत सोही श्रेणीको पदमा अस्थायी काम गरे वापत प्रत्येक वर्षको एक नम्बरको दरले बढीमा बाह्र अङ्क हुने व्यवस्थामा परिवर्तन गरी प्रत्येक वर्षको शुन्य दशमलब ५ अँकको दरले बढिमा ५ अँक हुने व्यवस्था गरिदैं छ । 

शैक्षिक योग्यताको नम्बरमा प्रथम श्रेणी भए ३, दोश्रो भए २ र तेश्रो भए १ अँक हुने साविककै व्यवस्था यथावत राखिए पनि सेवा प्रवेशको लागि तोकिएको भन्दा एक तह माथिको शैक्षिक योग्यताको प्रथम श्रेणी भए २, दोश्रोका लागि डेढ र तेश्रोका लागि १ अँक हुने व्यवस्था गरिदैं छ । 

परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेद्वारहरु मध्येबाट करारमा शिक्षक नियुक्ति गर्दा योग्य र सक्षम नियुक्ति गर्न भन्दै नियमावलीमा परिवर्तनको प्रस्ताव गरिएको छ । सिफारिस गरिएको पद संख्याको आधारमा प्राविमा ५० र निम्न माविमा शत प्रतिशत हुने संख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने साविकको नियममा परिवर्तन गरी प्राविमा सतप्रतिशत र निमावी तथा माविमा विज्ञापन भएको पदको दोब्बर संख्यामा सिफारिस गरिने छ । 

देशको संरचना र व्यवस्था परवर्तन भएसँगै नयाँ संविधान अनुकुल नियमावली  आवश्यक परेकोले संशोधन गर्न लागिएको हो । माथि उल्लेखित सहित विभिन्न ८ वटा विषयमा नियमावलीमा संशोधन गरीएको श्रोतले जनाएको छ । 

 

प्रतिक्रिया