Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

कक्षा ४ का विद्यार्थीलाई संगित पुरस्कार

मंगलबार, १७ असार २०७६

काठमाडौं - शसस्त्र प्रहरीद्वारा सञ्चालित एपीएफ स्कुलका कक्षा ४ मा अध्ययनरत छात्र साइजित पाण्डेलाई दुर्गाबाबु स्मृति संगित पुरस्कार प्रदान गरिएको छ । 

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित सो पुरस्कार सशस्त्र प्रहरी परिवार महिला संघको बार्षिक उत्सबको अबसर पारेर प्रदान गरिएको हो । 

सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं बार्षिकोत्सबको अबसरमा संघकी अध्यक्ष सरिता कंडेल खनालले मंगलबार एक कार्यक्रमका बिच १२ हजार राशी, गितार र प्रमाणपत्र पाण्डेलाई प्रदान गरिन् ।  
गायक, संगितकार तथा रचनाकार समेत रहेका स्व.पाठकको स्मृतिमा उनका व्याचिहरुको सकृयतामा डेढ लाख रुपैयाँको सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठक स्मृति संगित कोषको स्थापना गरिएको थियो । उक्त कोषको व्याज रकमबाट हरेक बर्ष उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार यस बर्ष पाण्डेले उक्त पुरस्कार प्राप्त गरेका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

प्रत्येक वर्ष सशस्त्र प्रहरी महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा संगित तर्फ प्रथम हुने छात्र छात्रालाई पुरस्कार प्रदान गर्ने तय भए अनुसार पुरस्कार वितरण गरिएको उनले बताए । 

स्व. पाठकका दुइ वटा सोलो एल्बम सार्वजनिक भईसकेका थिए । 

पाठकको २०७२ चैत २८ गते धादिङको मलेखुमा सडक दुर्घटनामा परि निधन भएको थियो ।

 

प्रतिक्रिया