Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

पढाईको दवाव : एउटै शैक्षिक संस्थामा ५ बर्षमा ५० विद्यार्थीद्वारा आत्महत्या

विहीबार, १९ मंसिर २०७६

काठमाडौं - भारतीय प्रौद्योगिकी संस्थान आईआईटीमा पछिल्लो ५ बर्षमा ५० विद्यार्थीको मृत्यु भएको छ । यी मध्ये अधिकाँशले आत्महत्या गरेका थिए भने केहीको मृत्यु शंकास्पद भएको भन्दै मुद्दा दर्ता गरिएको थियो । उक्त संस्थान भारतमा प्रतिष्ठित मानिन्छ । 

नवभारत टाईम्सका लागि ए. रघु रमनले चेन्नईबाट लेखेको खबर अनुसार सबै भन्दा धेरै १४ जना विद्यार्थीको मृत्यु आईआईटी गुवाहाटीमा भएको थियो । उक्त संस्थानको मद्रास र मुम्बईमा ७ –७ जना विद्यार्थीको मृत्यु भएको थियो । 

हालै आईआईटी मद्रासकी छात्रा फातिमा लतीफको आत्महत्या सम्बन्धमा दी रिभलुसनरी सोसलिष्ट पार्टिका सांसद एनके प्रेमचन्दनले गरेको प्रश्नको जवाफ दिने क्रममा केन्द्रिय मानव शंसाधन विकास मन्त्री रमेश पोखरियालले उक्त तथ्याङ्क दिएका हुन् । पोखरियालले यस विषयमा धेरै सांसदको तर्फबाट ज्ञापनपत्र प्राप्त गरेको जनाउँदै उक्त विषयको जाँच गर्न आवश्यक रहेको बताए । 

आईआईटीमा आत्महत्याको बढ्दो घटनाको अनुसन्धान गर्न मानव संशाधन मन्त्रालयले ६ बर्ष पहिले आईआईटी कानपुरका पूर्व अध्यक्ष एम. आनन्दकृष्णन्को अध्यक्षतामा एक कमिटि निर्माण गरेको थियो । उक्त कमिटिले गरेको अध्ययनले आत्महत्या गर्ने मध्ये धेरै जसो विद्यार्थी पढाईको बोझमा थिए । उक्त बोझका कारण विद्यार्थीमा चिन्ता बढ्दो रहेको फेला परेको थियो । अध्ययनले उक्त तथ्य फेला पारे सँगै आनन्दकृष्णन्को टोलिले विद्यार्थीलाई आवश्यक परामर्श सेवा शुरु गर्न सिफारिस समेत गरेको थियो ।  

 

प्रतिक्रिया