Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक परामर्शमा फेरी पाण्डेको नेतृत्व

आइतबार, २७ पुस २०७६

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदैं आएका संस्थाका सञ्चालकहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिवार सम्पन्न १४ औं वार्षिक साधारण सभाले पूर्व अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले २ बर्ष अघि निवर्तमान अध्यक्ष विष्णुहरी पाण्डेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । अहिले फेरी उनै अध्यक्ष भएका छन् । ईक्यानको विधानमा २ कार्यकाल अध्यक्ष हुन पाउने प्रावधान छ । 

अधिवेशनले १८ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अनुसार प्रथम उपाध्यक्षमा देवीदास भट्टराई, द्धितीय उपाध्यक्षमा शेष राज भट्टराई, तृतीय उपाध्यक्षमा कृष्णहरी केसी र महासचिवमा दीपक भुषाल सर्वसम्मत चयन भएका छन् । यसै गरी प्रथम सचिवमा बासुदेव दाहाल, द्धितीय सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह कोषाध्यक्षमा कर्ण बहादुर गुरुङ् चयन भएका छन् । 

सदस्यहरुमा सुष्मा आचार्य, आषिक कार्की, शिव सिलवाल, विकल्पराज पोखरेल, भवनाथ हुमागाई, रत्न भट्टराई, सुवास गौगम, आर्यन उप्रेती र नवराज भट्टराई चयन भएका छन् । पदेन सदस्यका रुपमा निवर्तमान अध्यक्ष पाण्डे पनि कार्य समितिमा सदस्य छन् । अध्यक्षले मनोतिन गर्न सक्ने २ जना सदस्य मध्ये पुष्पराज भट्टराईलाई अधिवेशनकै हलमा मनोनित घोषणा गरिएको छ भने एक जना महिला मनोनित गर्न बाँकी छ । 

आफ्नो दोश्रो कार्यकाल व्यवसाय लक्षित नीति निर्माणका लागि लविङ् गर्ने कार्यकाल भएको पाण्डेले प्रतिकृया दिए । 

'व्यवस्था र देशको संरचना बदलिए अनुसार राज्यले शिक्षा नीति निर्माण गर्दै छ, त्यसमा यस क्षेत्रको सवाललाई लिपीवद्ध गर्न ध्यान दिनु जरुरी छ' निर्वाचित भए पछि एडुखबरसँग संक्षिप्त प्रतिकृया दिदैं पाण्डेले भने, 'राज्यसँग सहकार्य र छलफलमा नै अघि बढ्ने हो, तर यस क्षेत्र प्रति अनुदार हुने शैलीले नीति तर्जुमा हुन थाल्यो भने विद्रोह समेत गर्न पछि नपर्ने गरी संस्थालाई संगठित बनाउन नयाँ कार्य समितिको ध्यान हुने छ ।' 

मुख्य रुपमा विद्यार्थी र अभिभावक प्रति जिम्मेवार हुँदै समग्रमा व्यवसायलाई व्यवस्थित गर्ने कुरामा आफू प्रतिवद्ध रहेको पनि उनले बताए । नयाँ कार्यकालमा संस्थालाई संघीय संरचनाका आधारमा पुर्नसंरचना गर्ने, यस व्यवसायमा आवद्ध व्यक्तिहरुले शुरु गरेका अन्य संस्थाहरुसँग पनि कार्यगत एकता गर्दै अघि बढ्ने आफ्नो प्राथमिकताका विषय रहेको उनले बताए । 

शनिबार शुरु भए पनि सर्वसम्मत गर्नका लागि पहल भएका कारण आईतबार विहान मात्रै कार्य समिति चयनको प्रकृया सकिएको थियो । कृष्णहरी केसीले अध्यक्षमा दावी गरेपछि सहमती गर्न समय लागेको थियो । अन्तमा उनलाई तृतीय उपाध्यक्ष बनाउने सहमती भएसँगै कार्यसमिति निर्विरोध चयन भएको हो ।   

 

प्रतिक्रिया