शिक्षकलाई कार्यकर्ता नबनाए बल्ल शिक्षालयहरुले बोल्छन् भविष्य


२००७ सालमा प्रजातन्त्रको उदय पछि नेपालमा आधुनिक शिक्षा शुरुआत भयो । उक्त अवस्था देखि हालसम्म शैक्षिक विकासले ठूलो फड्को मारेको छ । धेरै संख्यामा शिक्षालयहरुको स्थापना भएका छन् । संख्याको हिसाबले देशमा ३० हजार ४ सय ४८  सामुदायिक र ५ हजार ६ सय ४५ निजी पूर्वप्राथमिक विद्यालयहरु छन् । सरकारी माध्यमिक विद्यालयको संख्या २९ हजार २ सय ७ छ भने निजी  विद्यालयहरु ६ हजार १५ वटा भएको तथाङ्क छ । यसै गरी ४ सय ३३ सरकारी महाविद्यालयको संख्या छ भने ८ सय ३८ निजी महाविद्यालयहरु छन् । ११ वटा  विश्वविद्यालयहरु स्थापना भईसकेका छन् । अरु विश्वविद्यालयहरु  पनि पाइप लाईनमा छन् ।

हाम्रो देशमा राज्यको र निजी लगानीमा सञ्चालित दुई थरिका शिक्षालयहरुमा पठनपाठन गरिने पाठ्यक्रम र पाठ्यपुस्तकहरुको स्तर समानान्तर छ । प्राप्ताड्ढको आधारमा मूल्याड्ढनको मापदण्डलाई हेर्दा निजी शिक्षालयहरुको परीक्षा नतिजा राम्रो देखिन्छ । सरकारी शिक्षालयहरुको गुणस्तरको बारेमा चर्को नागरिक आवाज उठ्ने गरेको छ । राज्यले विद्यालय शिक्षा परीक्षालाइ अक्षराङ्कमा मूल्याङ्कन पद्घति लागु गरे देखि विद्यार्थीमा प्रतिष्प्रर्धात्मक सिकाइ क्षमता कमजोर भएको अभिभावक एवं शिक्षाविद्हरुको बुझाई छ । शिक्षाको अवस्था र गुणस्तरलाइ हेर्दा निजी तथा सामुदायिक शिक्षालयहरुबाट उत्पादित जनशक्ति प्रतिष्प्रर्धी, स्वरोजगार मैत्री र उत्पादन मुखी हुन नसकेको अवस्था छ ।

शिक्षा क्षेत्र प्राज्ञिक थलो हो । अझै शिक्षण पेशा त एक प्राविधिक कार्य हो । जुनसुकै प्राविधिक कार्य सम्पन्न गर्नका लागि निश्चित सीप र दक्षताको आवश्यकता पर्दछ । शिक्षक तथा प्रध्यापकहरु गुणस्तरीय शिक्षा सम्पे्रषणका माध्यम हुन् ।  गुरुजनहरुमा  मौलिक शिक्षण शैली शास्त्रको निपूर्णता र पेशागत इमान्दारिता भएमा मात्र स्तरीय सिकाइ संभव हुन्छ । हाम्रा देशका शिक्षालायहरुमा गुणस्तरीय पठनपाठनको स्तर माथि उठ्न नसकेको तथ्याङ्कहरुले पुष्टि गर्दछन् ।

गुरुजनहरु समाजका शिक्षित वर्ग हुन् । शिक्षाका संग्रालय हुन् । सच्चरित्रका उदाहरण हुन् । शिक्षार्थीका मोडेल नायक हुन् । विद्यार्थीको शैक्षिक उद्धेश्य प्राप्तिको लागि केन्द्रीय ब्यक्ति हुन् ।  विद्यालय भित्र ज्ञानको स्रोत, सत्यको प्रतीक, आदर्शको खानी र बालबालिकाको मार्गदर्शक हुन् । लाख गाली, हजार हण्डर र सयांै दुःख सहेर पनि शिष्यहरुलाई ज्ञान बाड्ने स्रोत व्यक्ति हुन् । बाँझो सभ्यतालाई हराभरा बनाउन, पथभ्रम र पथभ्रष्टलाई बाटो देखाउन, कर्म र अकर्मको बोध गराउनका लागि  मन, वचन र कर्मले लागिरहने महान व्यक्तित्व हुन् । तथापि यी व्यक्ति एवं व्यक्तित्वहरुमा शिक्षण कलाको सीप नभएमा शिक्षण सिकाइ कमजोर हुन्छ ।

शिक्षक बन्न सजिलो होला तर असल शिक्षक बन्न गाह्रो छ ।  नीति शास्त्रमा सत्यको रक्षा शिक्षकबाट मात्र संभव छ भन्ने लेखिएको छ । गौतम बुद्घले पनि शिष्यहरुलाई ज्ञान प्रदान गर्दै हिंडे । कन्प्mयुसियसले पनि गाउँगाउँमा पढाउँदै हिंडे । शिक्षाको विकास देवकुल, राजकुल, पितृकुल, गुरुकुल हँुदै विद्यालय शिक्षाको ईतिहास पनि लामो भैसकेको छ । आजको युगमा गुरुजनहरु शिक्षालयबाट असल, योग्य, सक्षम, चरित्रवान नागरिक उत्पादन गर्ने योद्घा भएकोमा दुईमत छैन । यस्तो प्राज्ञिक थलोमा काम गर्ने जनशक्तिमा राज्यले राजनितिककरण  गर्ने र गराउने वातावरण सिर्जना गरेकोले शिक्षा क्षेत्र लथालिङ्गको अवस्थामा पुगेको हो ।

शिक्षा क्षेत्र आजको अवस्थामा पुर्याउनको लागि इतिहासको आँखी भ्mयालबाट हेर्नु पर्ने हुन्छ । उच्च स्तरका सक्षम शिक्षकहरुको व्यवस्थापन गर्ने कार्य राज्यको हो । राज्यले योग्य शिक्षकहरु छनौट गर्नको लागि २०५२ सालदेखि २०५९ सालसम्म शिक्षा आयोग नै खोलेन । लामो समयसम्म अस्थायी शिक्षकहरुले विद्यालयमा शिक्षण गर्न वाध्य भए । विद्यालय भित्रको प्रशासनिक व्यवस्थापन प्रअ अनुकुलको बनाईयो ।

राजनितिक पहुँचको आधारमा विद्यालय व्यवस्थापन समिति बनाईनु र व्यापक राजनितिक आशीर्वादले विद्यालयहरुमा शिक्षकहरु भर्ना गरिनुले विद्यालयमा भएका योग्य शिक्षकहरुमा हौसला मर्दै गयो । कतिपय सामुदायिक  विद्यालयहरुमा तल्लो शैक्षिक योग्यता भएका प्रअहरु हुनु र विद्यालय प्रशासनमा हुने गरेको  आर्थिक चलखेलले पनि शिक्षकहरुमा उदासिनता बढ्दै गएको जानकारहरुको अनुभव छ ।  

शिक्षा जस्तो प्राज्ञिक क्षेत्रमा लागेका गुरुजनहरुले नीतिगत रुपमा राजनीति गर्ने र गराउने काम राज्यले गर्यो । विगतमा राज्यले निर्माण गरेको शिक्षा ऐनको दफा १६ को (ङ) जमोजिम शिक्षकहरुको पेशागत हकहितका लागि शिक्षक यूनियन संगठन बनाउन पाइने व्यवस्था भएकोले शिक्षकहरुले राजनितिक दलहरुमा आस्थाका आधारमा संघ संगठनहरु खोले । दृष्टान्तका लागि राजनीतिक दलका भातृसँगठनका स्वरुपमा रहेका शिक्षक आवद्ध थुप्रै संगठन हेर्न सकिन्छ ।

हाम्रो देशको उच्च शिक्षामा पनि व्यापक राजनितिकरण गरियो । त्रिभूवन विश्वविद्यालय नियमावली २०५० परिषद् २१ को दफा ३५३ बमोजिम प्रत्येक क्याम्पसमा एक स्वतन्त्र विद्यार्थी गंठन हुने कुरा उल्लेख छ । विश्वविद्यालय अध्ययनको यात्रामा अमुक दलका भातृ संगठनकारुपमा राजनितिको रस लिएका जनशक्तिलाई दलहरुले शिक्षालयहरुमा भर्ना गरे पछि शिक्षामा राजनितिकरण हुनु अस्वभाविक होइन । आफ्नो पेशा र विद्यार्थीको भविष्य निर्माणको बाटोमा ईमान्दारीताका साथ महत्वपूर्ण भूमिका खेल्नुपर्ने गुरुजनहरु राजनितिक दलका संघसंगठनहरुमा आवद्घ भएर पार्टी कार्यालयहरुमा धाउने कार्यले पठनपाठनको गुणस्तर खस्किएको हो । गुणस्तरीय शिक्षा विना समाजको विकास कसरी संभव हुन्छ ? देशको भविष्य कस्तो हुन्छ ?

दार्शनिक एरिष्टोटलले शिक्षालाई व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घीको आधार हो भनेका छन् । शिक्षामा सुधार गर्ने पहिलो दायित्व राज्य हो ।  तर शिक्षा राज्यको प्राथमिकतामा परेको देखिंदैन । निजामति सेवाको लागि लोकसेवा जस्तो देशको निष्पक्ष परीक्षामा उत्कृष्टताको आधारमा छनौट गरिन्छ । तर शिक्षा जस्तो योग्य जनशक्ति उत्पादन गर्नुपर्ने संवेदनशील क्षेत्रमा राजनितिक दलको पहुँचको आधारमा शिक्षक भर्ना गरियो । अनि कसरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्ने ? विकसित मुलुकहरुका शिक्षालयहरुमा अध्यापन गर्ने गुरुजनहरु सबभन्दा अब्बल दर्जाका हुनुपर्ने व्यवस्था छ । हाम्रो देशको  सन्दर्भमा शिक्षण पेशालाई राज्यले सम्मान गर्न सकेको छैन । समाजले पनि त्यसरी नै बुझेको छ ।  शिक्षाको गुरु एवं निर्देशक शिक्षा विज्ञहरु होइन, राजनिति बनेको छ । विज्ञहरुको विज्ञतालाई राज्यले उपयोग गर्न सकेको छैन । अनि शिक्षामा सुधार कसरी हुन सक्दछ ?

शिक्षालाई मानिसको तेस्रो आँखा भनिन्छ । यो तेस्रो आँखाबाट बञ्तित व्यक्ति मानव जीवनको गहिराईलाई मनन गर्न  योग्य हुँदैन । शिक्षा विना मानिसले जीवनको पूर्ण आनन्द लिन सक्दैन । शिक्षाबाट बञ्चित व्यक्तिले कुनै पनि कुराको राम्रो नराम्रो पक्षलाई केलाएर राष्ट्रलाई समुचित योगदान दिन सक्दैन । यस अर्थमा शिक्षा हरेक नागरिकको सर्वाङ्गीण  विकासको स्रोत हो । र यस्तो महत्वपूर्ण शिक्षा पढाउने, लेखाउने मीयोको रुपमा गुरुजनहरुलाई राजनीतिक कार्यकर्ता बनाए पछि शिक्षामा राजनिति र राजनितिमा शिक्षा मिसिन्छ ।

शिक्षालाई हर्बट स्पेन्सरले मनुष्यलाई पूर्ण जीवन व्यतितगर्नका लागि तयार गर्ने साधनका रुपमा लिएका छन् । भिक्टर ह्युगोले शिक्षाको महत्व दर्शाउँदै एउटा विद्यालय खोल्ने व्यक्तिले संसारको एउटा भ्mयालखाना बन्द गरेको हुन्छ भन्ने अबधारणा राखेका छन् । यसको अर्थ शिक्षाले व्यक्तिको असल आचरण निर्माण गर्नुका साथै सभ्य, शालिन, सुसंस्कृत, अनुशासित र समृद्घ समाज निर्माणमा ठूलो भूमिका खेलेको हुन्छ भन्नु हो । तसर्थ शिक्षा मानव जातिको सुन्दरतम आभूषण हो भने शिक्षित व्यक्ति हरेक देशको कूल भूषण हो । अनि गुरुजनहरु यस्तो संवेदनसील क्षेत्रका माली हुन् । राज्य यसको व्यबस्थापक हो ।

गुरुजनहरुको हातमा देशको भविष्य जोडिएको हुन्छ । हरेक क्षेत्रका योग्य जनशक्ति उत्पादनगर्नु पर्ने गुरुजनहरु आप्mनो पेशा प्रति जवाफदेही हुनु पर्दछ । गाली आओसकी ताली आप्mनो कर्तव्य र दायित्वमा दायाँ बायाँ गर्नु हुँदैन । गुरुजनहरु बुद्घ, व्यास, दधिची र बृहस्पतिका समकक्षी व्यक्ति हुन् । यी ज्ञानका मूर्तिहरु असल नागरिक उत्पादन कर्ता भएकोले देशको भविष्य विगार्नु हुँदैन । तसर्थ गुरुजनहरु राजनितिक दलको कार्यकर्ता होइन अनुसन्धानकर्ता हुनु पर्दछ । बनाउनु पर्दछ । देशका शैक्षिक सस्थाहरु अब्बल नबनाईकन सक्षम नागरिक उत्पादन हुन संभव हुँदैन । यसरी हेर्दा शिक्षालयहरुको अवस्थाले भविष्यको दिशानिर्देश गरेको हुन्छ । त्यसैले शिक्षालयहरुलाई अब्बल बनाउन राज्यले ढिला गर्नु हुँदैन ।