Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विचार / विमर्श

पाठ्यक्रम बनाउँदैमा ध्यान दिने की आगो लागे पछि कुवा खन्ने !

बुधबार, १७ असार २०७७

कक्षा १२ सम्मलाई विद्यालय तह मान्दै राज्यले यसको सञ्चालन, नियमन, नियन्त्रण तथा मूल्याङ्कनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । कक्षा ८ सम्मको आधारभूत शिक्षाको पाठ्यक्रम निर्माण गर्ने अधिकार स्थानीय सरकार अन्र्तगत छ । अर्थात् स्थानीय तहमा व्यक्ति, समाज तथा देशको आवश्यकता अनुसार १०० पूर्णाड्ढको पाठ्यक्रम निर्माण गरी शिक्षण सिकाइ गर्न पाउने अधिकार सुम्पिएको छ । स्थानीय सरकार र विद्यालयहरुले आ–आप्mना क्षेत्रको आवश्यकता अनुसार विद्यालय तह देखिनै बालबालिकालाई आवश्यक जानकारी दिनु पर्ने छ ।

पाठ्यक्रम विद्यार्थीको सिकाइमा अपेक्षित परिवर्तन ल्याउन सकिने शिक्षण सिकाइ क्रियाकलापको मुल आधार हो । राज्यले पाठ्यक्रममा समावेश गरिएका शिक्षण सिकाइका विषयवस्तुहरु व्यक्ति, समाज र राष्ट्रको आवश्यकता अनुरुप बनाउनु पर्दछ ।

यस विषयलाई हाम्रो जस्तो भुवनोट भएको मुलुकमा आईपर्ने प्राकृतिक विपद्को सन्दर्भमा अनुकुल गर्नु पर्ने खाँचो छ । बर्खा लागेसँगै हरेक बर्ष वाढि पहिरो र डुवानबाट हुने जनधनको क्षती, यसबाट बच्ने उपाय जस्ता विषयमा विद्यालय तहबाटै जानकारी दिन सक्ने हो भने क्षती न्यूनिकरणमा ठूलो टेवा पुग्न सक्छ  । यस विषयमा स्थानीय वुद्घिजीवी, शिक्षक, अभिभावक लगायतका ज्ञान, अनुभव र रायलाई आधारभूत तहको पाठ्यक्रम देखिनै समावेश गर्ने अभ्यासको थालनी गरिहाल्न जररी छ ।

पाठ्यक्रमले तय गरेको शैक्षिक गोरेटोले व्यक्ति, समाज र सिङ्गो राष्ट्रको वर्तमान र भविष्यको आवश्यकतालाई समेट्न सकेन भने शिक्षा अधुरो हुन्छ । अपुरो हुन्छ ।  अव्यवहारिक हुन्छ । यसर्थ पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्य अनुरुप पाठ्यपुस्तकहरु निर्माण हुने भएकोले पाठ्यक्रमको उद्देश्य भित्र प्राकृतिक प्रकोप र यस सम्बन्धि बिषयबस्तुहरु समावेश गर्न आवश्यक छ ।

पाठ्यक्रम समग्र शैक्षिक संगठन र संरचनाको स्वरुप हो । पाठ्यक्रम निर्माण गर्दा कुनै पनि देशको समसामयिक समाजको अवस्था, सामाजिक आवश्यकता, भौगोलिक वनोट, सांस्कृतिक परम्परा, आर्थिक विकास, प्राकृतिक स्रोत र साधन लगायतका तत्वहरुले प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारेका हुन्छन् । पाठ्यक्रमले शिक्षार्थीको आवश्यकता र रुचीलाई समेट्नुका साथै सामाजिक एवं राष्ट्रिय आवश्यकतालाई समेत ध्यान दिन जरुरी हुन्छ । हाम्रो देशको सामाजिक आवश्यकताको कुरा गर्दा प्राकृतिक विपदको ज्ञान र यसबाट सुरक्षित रहनु पर्ने चुनौति एउटा महत्वपूर्ण पक्ष हो ।

शिक्षा शब्द कोषका अनुसार पाठ्यक्रममाई निश्चित उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रकृया, स्रोत र मूल्याङ्कनको साधन हो, भनिएको छ । राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ मा पाठ्यक्रम शिक्षाको उद्देस्य प्राप्तिका लागि बनाईएको शैक्षिक कार्यक्रम हो भन्ने छ ।

पाठ्यक्रमविद् सेलरले शिक्षाको उद्देश्य पुरा गर्नको लागि बनाईएको शैक्षिक योजनालाई पाठ्यक्रम भनेका छन् । यसरी हेर्दा पाठ्यक्रमलाई शिक्षाको उद्देश्य प्राप्त गर्नको लागि तयार गरिएको समग्र योजनाको मार्गचित्रको रुपमा बुभ्mन सकिन्छ । त्यसैले हाम्रो जस्तो प्राकृतिक प्रकोपको जोखिम भएको मुलुकले शिक्षाको उद्देश्य अन्तरगत प्राकृतिक विपद र यसबाट बच्न एवं बचाउन सकिने ज्ञान तथा सीपलाई पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गर्न वाञ्छनीय ठानिन्छ ।

हाम्रो देशमा वर्षाको समयसँगै पहाडि क्षेत्रमा बाढी पहिरोले धनजनको क्षति हुने गर्दछ भने तराईमा डुवानले गर्दा बर्षेनी धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको अवस्था छ । हरेक बर्ष बर्षायाममा नदी किनाराका बस्तीहरुमा डुवानको त्रास हुन्छ । यसका साथै नागरिकहरुलाई नदी तथा खोलाहरुमा बढेको पानीको अक्कल र यसबाट हुनसक्ने खतराको बारेमा ज्ञानको अभाव हुँदा खोलाले बगाएर मृत्यु हुने गरेका घटनाहरु आउने गरेका छन् । यसै गरी हिउँदमा सिरेटोले कठ्याङ््ग्रीएर ज्यान गुमाउनु परेका घटनाहरु छन् । गर्मीमा डढेलोमा परेर कतिको मृत्यु हुने गरेको छ । यसका साथै आँधीवेरी, तातो हावा (लु) ले तराईमा बसोबास गर्ने नागरिकहरुले ज्यान गमाउनु परेको छ ।

देशमा अतिवृष्टि, अनावृष्टि र अनियमित वृष्टिले गर्दा प्राकृतिक विपदहरु बढ्दै गईरहेको छ । हाम्रो देश प्राकृतिक वनोटका आधारमा अत्यन्त जोखिमपूर्ण मानिन्छ । त्यसो त प्राकृतिक प्रकोप मानिसको नियन्त्रण भन्दा बाहिरको कुरा हो भन्ने पनि गरिन्छ । तथापि यसलाई न्यूनीकरण गर्न, बँच्न र बचाउन सकिने ज्ञान, उपाय र सीप भएमा ठूलो धन जनको क्षतिबाट जोगिन सकिन्छ ।
हाम्रो समाज धेरै प्राकृतिक विपदका संभावनाको घेरामा बाँच्नुपर्ने भएकोले यी जोखिमहरुबाट बच्न र बचाउन सकिने ज्ञान तथा उपायहरुको बिषयबस्तुलाई विद्यालयतह देखि उच्च शिक्षासम्मको पाठ्यक्रम तथा पाठय्पुस्तकहरुमा समावेश गरी समाजलाई सचेत बनाउन सकिन्छ ।

हाम्रो जस्तो भूवनोट भएको मुलुक र समाजले झेल्नु परेका प्राकृतिक प्रकोप तथा यसबाट जोगिने उपायहरु समेत समावेश गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तकको शिक्षण सिकाइ अनिवार्य ठानिन्छ । शिक्षामा समय सापेक्ष परिवर्तनको कुरा गर्दा यसको राष्ट्रिय नीति, उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधी, शिक्षालयको भौतिक सुविधा, मूल्याङ्कन प्रणाली लगायतका क्षेत्रहरुका बिषयहरु ज्यादा आउने गर्दछन् । देशका पाठ्यक्रम विज्ञ एवं पाठ्यपुस्तक लेखकहरुको बीचमा बहस भएको पाईंदैन । अब राज्य, पाठ्यक्रम निर्माता एवं पाठ्यपुस्तक लेखकहरु लगायत सरोकारहरुको बीचमा अन्तरक्रिया हुन जरुरी छ ।

नेपाल भूकम्पको उच्च जोखिममा पर्ने देशहरु मध्येमा पर्दछ । २०७२ सालमा आएको महाभूकम्पले धन जनको ठूलो क्षति भयो । हजारौं मानिसहरुले ज्यान गुमाउनु पर्यो । लाखौंको संख्यामा घरवार विहिन भए । भूकम्प मानिसले रोक्न नसक्ने र जुनसुकै समयमा पनि हुन सक्ने प्राकृतिक विपद् भएकोले हरेक नागरिकले भूकम्पको बारेमा जान्नु पर्दछ । बुझ्नु पर्दछ । नागरिकहरुमा भूकम्पबाट बँच्न सकिने उपायहरुको ज्ञान भएको भए २०७२ सालको भूकम्पमा त्यति ठूलो क्षति व्यहोर्न नपर्ने भूकम्पविद्हरुको भनाइ थियो ।

यसर्थ विद्यालय तह देखि नै पाठ्यक्रम एवं पाठ्य पुस्तकहरुमा भूकम्पको भू–गर्भीय संरचना, भूकम्प आउने कारण, भूकम्प अगाडि र आइसके पछि अपनाउनु पर्ने सुरक्षा विधि, यसबाट पर्ने भौतिक क्षति, व्यवस्थापन, आपसी सहयोग र सहकार्यको महत्व आदि लगायतका सैद्घान्तिक र व्यवहारिक ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।

समाजमा विभिन्न प्राकृतिक विपद् पश्चात पुननिर्माण गरी मनोवैज्ञानिक रुपमा सकारात्मक जीवन शैली अपनाउने आत्मबलको त्यत्तिकै खाँचो पर्दछ । सामाजिक मनोविज्ञानको सकारात्मक चिन्तन विपद् व्यवस्थापनको अत्यन्तै महत्वपूर्ण पाटो हो । यसको लागि प्राकृतिक प्रकोप र यसबाट बच्न सकिने उपायको ज्ञान आवश्यक पर्दछ । त्यसैले प्राकृतिक प्रकोप वाढी, पहिरो, भूक्षय, आगजनी, नदी कटान, भूकम्प, हिमपात, सिरेटो, लु लगायतका विपदहरुको जानकारी, पूर्व तयारीका साथै घटना पश्चात अपनाउनु पर्ने उपायहरुबाट समाजलाई प्रशिक्षित बनाउन उल्लेखित बिषयहरु शिक्षामा समावेश गर्नु पर्दछ ।

अन्त्यमा, शिक्षामा दीर्घकालिन योजनाको खाँचो हुन्छ । समाजमा यसको असर देखिन पनि बर्षौं लाग्न सक्छ । यसर्थ अहिले शैक्षिक संस्थाहरु बन्द भएको फुर्सदको समयमा राज्य, विज्ञ, विशेषज्ञ, एकेडेमिया, शिक्षक, अभिभावक, विद्यार्थी लगायतका सरोकारवालाहरु घोत्लिने की ? प्राकृतिक प्रकोप र विपद व्यबस्थापनको बिषयबस्तुको क्षेत्रलाई अधारभूत शिक्षा देखि उच्च शिक्षासम्म समावेश गर्न आवश्यकताको बिषयमा बहस, छलफल र अन्तरकृया गर्ने की ?

अथवा 'आगो लागे पछि कुवा खन्ने' भन्ने नेपाली उखान जस्तो प्राकृतिक विनास भए पछि मात्र पुर्पुरोमा हात लगाउने ? सम्बन्धित सरोकारवालाले सोच्नु जरुरी छ ।

प्रतिक्रिया