Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शिक्षण गला कि कला ?

सोमबार, ०५ साउन २०७७

लामो समय देखि घरै बसिरहेका सामुदायिक विद्यालयका अधिकाँश शिक्षकहरुलाई विद्यालयको गतिविधिमा संलग्न गराउन सरकारले योजना बनाईरहेको खबर सार्वजनिक भईरहेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका गत चैत देखि घरमै रहेका मध्ये कतिपय शिक्षक प्राध्यापकहरुले असार १ गते देखि वैकल्पिक विधिबाट शिक्षण सिकाइ सञ्चालन गर्दै आएका छन् ।

नेपालको सन्दर्भमा अनलाईन शिक्षण शिक्षकहरुका लागि नित्तान्त नयाँ अनुभव हो । प्रविधि मैत्री शिक्षण सिकाइको प्रयोग हो । आजको नयाँ पुस्ता परानो पुस्ताका शिक्षक प्राध्यापकहरु भन्दा प्रविधि मैत्री छन् । ईण्टरनेट भित्रका सञ्जालहरुमा उनीहरुको पहुँच, ज्ञान र सीप बढि हुन सक्छ । शिक्षालाई व्यक्तित्व र इगोको बिषय बनाईन हुँदैन । आफू भन्दा ठूलाबाट मात्र सिक्न पर्दछ भन्ने शास्त्रीय मान्यता हुन सक्छ । परन्तु शिक्षालाई परिवार, समाज वा शिक्षालय जहाँ भए पनि जानेकोले नजानेकोलाई सिकाउने संस्कृतिको विकास गर्न जरुरी छ । प्रविधिको प्रयोगहरुलाई छोराले बुवालाई, भाइ, बहिनीले दाजु भाउजुहरुलाई वा जान्नेले नजान्नेलाई सिकाउने सिक्ने गर्न सक्दा समयको मागलाई सम्बोधन गर्न सकिन्छ ।

शिक्षण पेशा प्राविधिक कार्य हो । जसरी मेडिकल सर्जनले विरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्् त्यसरी नै योग्य गुरुजनहरु हरुले सिकारुमा रहेका समस्याहरुको चिरफार गरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने क्षमता राख्दछन् । शिक्षाशास्त्री रोवट् फोस्टर्का अनुसार शिक्षण आपूmमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो । अहिलेको अनलाईन कक्षाहरुले बालबालिकाहरुले घरमा नै बसेर पनि शिक्षक प्राध्यापकहरुसँग अध्ययन गर्न पाइने नयाँ अनुभवको अनुभति गरी रहेका छन् । शिक्षक प्राध्याकहरुले पनि शिक्षण कक्षा कोठा भित्र विद्यार्थीलाई अनुशासनमा राखेर व्याख्यान विधिको प्रयोग गर्ने बानीबाट टाढा टाढा रहेका विद्यार्थीलाई आप्mनै घरबाट पढाउन, सिकाउन सकिने अनुभव प्राप्त भएको छ । यो प्रविधि मैत्री शिक्षण सिकाइको कुरा हो । सीपको कुरा हो । शिक्षण सिकाइको कला भने होइन । 

शिक्षण सिकाइको कला भित्र शिक्षकले सिकारुमा अध्ययन गर्ने भोकको जागरण गराउन सक्नु पर्दछ । विश्व प्रख्यात वैज्ञानिक आईन्स्टाईनले मैले विद्यार्थीलाई पढाउँदिन, केवल उनीहरुले पढ्ने वातावरणको सिर्जना गरि दिन्छु भने झँै पढ्ने जिज्ञाशा भरि दिन सकेमा शिक्षार्थीले आँफै पढ्छ । खोज तलास गर्छ । यसो हुन सकेमा सिर्जना फस्टाउँछ । मौलिकता हुर्कन्छ । उच्च शिक्षाको डिग्री हासिल गरेर कपाल फलुञ्जेल शिक्षण पेशामा लागी रहेका गुरुजनहरुलाई कतिपय कुराहरु चित्त नबुभ्mन सक्छ । तथापि शिक्षण सिकाइ समय सापेक्ष परिवर्तन हुँदै जाने भएकोले नयाँ, विधि, प्रविधि र कलाहरु शिक्षण प्रयोग गर्न आवश्यक मात्र होइन अनिवार्य भएको छ । 

शिक्षक प्राध्यापकहरु पेशागत रुपले फुर्सदमा छाँै । यो फुर्सदको समयलाई पेशागत दक्षता हासिल गर्ने अवसरको रुपमा लिन पर्दछ । गुरुजनहरुले पाठ्य पुस्तकीय ज्ञानलाई मात्र शिक्षणको पर्यायका रुपमा बुझ्ने गरेकोले शिक्षण विधिमा भाषण, प्रवचन, वर्णन, व्याख्या, विश्लेषण एवं कठस्थ गर्न लगाउने जस्ता शास्त्रीय शैलीहरु प्रयोग गर्ने गरेको भन्ने बुझाईलाई बदलेर आधुनिक, बालमैत्री शिक्षणलाई अँगाल्नको लागि अध्ययनको खाँचो हुन्छ । यो खाँचोलाई पुरागर्ने जिज्ञाशामा लाग्न सकेमा आप्mनो पेशालाई प्रतिष्प्रर्धी बनाउन सहयोग हुन्छ । शिक्षण कलाका सहयोगी अवयवहरु शिक्षकको योग्यता, क्षमता, अध्ययन, अनुसन्धान, अनुभव एवं तालिम जस्ता कुराहरुमा निर्भर हुन्छ । यसर्थ यो बखत अध्ययन र अनुसन्धानमा ध्यान दिने की ?

यूनेस्कोले एक्काइसौ शताव्दीमा शिक्षाको सिकाइलाई परिभाषा गर्दै बालबालिकाहरुलाई मूलत विद्यालय अवधि भरि मात्र होइन की जीवन भर सिकीरहन, उत्पादनशील जीवन निर्वाह गर्नका निमित्त चाहिने पेशागत सीप आर्जन गर्न वा जीवन निर्वाहका निम्ती आइपर्ने कामहरु गर्न, आप्mना व्यक्तित्वका बारेमा सकारात्मक धारणा विकास गर्न, आप्mनो स्वायत्त निर्णय क्षमता, व्यक्तिगत उत्तरदायित्व पहिचान गरी आँपूm के हो भन्ने कुरा सिक्न, बहु जातीय, बहुभाषिक र बहु राष्ट्रिय परिप्रेक्षमा एक अर्काले पहिचान र अन्तर सम्बन्धलाई ख्याल गर्दै सबैसँग मिलेर बस्न सक्ने क्षमताको विकास गर्नु पर्दछ भनेको छ । यसरी हेर्दा उल्लेखित बिशेषता र क्षमताको विकास गराउने स्रोत व्यक्ति शिक्षक प्राध्यापकहरु नै भएकोले शिक्षण पेशामा आवद्घ व्यक्ति समसामयिक ज्ञान र शिक्षण सीपसंग अद्यावधिक हुनु जरुरी हुन्छ ।

शिक्षा शास्त्री वीलियम् अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई विषय वस्तु भन्दछन्, राम्रा शिक्षकले व्याख्या गर्दछन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट् गर्दछन् भने महान शिक्षकले प्रेरित गर्दछन् भनेका छन् । आँफू कस्तो पेशाकर्मी बन्ने भन्ने कुरा शिक्षक कै हातमा छ । अबको शिक्षण सिकाइलाई कलात्मक बनाउन शिक्षाको सैद्घान्तिक पक्षलाई कला र प्रविधिमा जोडेर जीवन्त बनाउन आवश्यक छ । शिक्षक हुन सजिलो होला तर असल गुरु बन्न सहज छैन । असल गुरुको दर्जामा आपूmलाई उभ्याउन बालमनोविज्ञान, शिक्षण सिकाइका कला र प्राज्ञिक गुणहरुको विकास नगरी सम्भव छैन । 

प्रतिक्रिया