Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

कन्सल्टेन्सि सञ्चालकहरुको दवाव, नो अब्जेक्सन लेटर खुल्यो

बुधबार, १० भदौ २०७७


काठमाडौं - कोरोना भाईरस कोभिड १९ जोखिममा कारण हवाई उडान नहुँदा समेत सरकारले नो अब्जेक्सन लेटर दिने काम खोल्ने निर्णय गरेको छ । विदेशमा जान चाहने विद्यार्थीलाई  आवश्यक उक्त कागजात नदिदाँ विदेश जाने प्रकृयामा रहेका विद्यार्थीबाट लिने शुल्क उठाउन नपाए पछि कन्सल्टेन्सि सञ्चालकहरुले सरकारलाई दवाव दिदैं आएका थिए । उक्त दवावकै बीचमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

उक्त दवाव पछि हवाई उडान शुरु नभए पनि लेटर ईस्यु गर्ने बाटो खुलेको छ ।  नो अब्जेक्सन लेटरको मुख्य काम अध्यागमन र पैसा सटहीमा पर्छ । तर लेटर दिने काम रोकिदाँ आफ्नो कन्सल्टेन्सि मार्फत् प्रकृया शुरु गरेका विद्यार्थीबाट उठाउने शुल्क समेत उठ्न नसके पछि सञ्चालकहरुले सरकारलाई दवाव दिदैं आएका थिए । 

'यो लेटर विदेश जान चाहिने हो अहिले हवाई उडानै भएको छैन भने पछि किन चाहियो ? तै पनि कन्सल्टेन्सि सञ्चालकहरुको दवाव थेग्न सकेन क्यारे मन्त्रीपरिषद्ले निर्णय गरेछ' मन्त्रालय श्रातले भन्यो 'उक्त कागजात वितरण व्यवस्थापन र विद्यार्थीलाई कन्सल्टेन्सीले गर्न सक्ने दोहन रोक्ने विधि निर्माणमा मन्त्रालयले आन्तरिक तयारी शुरु गरेकोे छ ।'

उक्त कागजात अनलाईन मार्फत् दिने गरी शिक्षा मन्त्रालयले प्रणाली विकास गरेको छ । त्यसको एक चरण परीक्षण समेत भईसकेको छ । 

 

प्रतिक्रिया