Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

२३ दिनमा चासो, सहमती गर्न ३ दिन !

आइतबार, २५ असोज २०७७

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका बेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसी र सरकार बिच ८ बुँदे सहमती भएको छ । सत्याग्रहको २३ दिन विते पछि बल्ल औपचारिक रुपमा चासो देखाएको सरकारले २४ औं दिनमा वार्ता टोली गठन गरेको थियो । २७ औं दिनमा गएराती केसी र सरकार बिच सहमती भएको हो । 

उक्त सहमतीका अधिकाँश बुँदामा विगतका जस्तै गर्ने, गर्न सकिने जस्ता भाषा प्रयोग गरिएको छ । विगतका पटक पटकका सत्याग्रह पछि सहमती गर्न हरेक पटकका तत्कालिन सरकारले यस्तै भाषा प्रयोग गर्ने तर कार्यान्वयन नगर्ने क्रम निरन्तर छ । यस पटकको सहमतीले पनि विगतका क्रम भंग गर्न सकेको देखिदैंन । कोभिड र आकस्मिक बाहेकका उपचार नगर्ने चिकित्सक सँगको घोषणा पछि सरकारलाई केसीसँग सहमती गर्न दवाव परेको थियो । तसर्थ मध्यरात सम्म वार्ता गरेर सहमती गरिएको हो । 

सहमतीमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपी नाथ मैनाली र केसीले हस्ताक्षर गरेका छन् । 

हेर्नुहोस् सहमती :

गत भदौ २९ गते जुम्लाबाट १९ औं सत्याग्रह शुरु गरेका केसीका माग बारे सरकारले २३ दिन पछि गत असोज २० गते बल्ल चासो दिएको थियो । शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव दीपक शर्मा र उपसचिव लक्ष्मी खड्का सहितको सरकारी कर्मचारीको टोलीले केसीलाई भेटेको भोली पल्ट सरकारले मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । 

२४ दिनमा बल्ल वार्ता टोली गठन

फोटो : केसीको फेसबुकबाट 

 

प्रतिक्रिया