Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक महासंघ विवादमा वक्तव्यबाजी, परिपत्रलाई काउण्टर !

मंगलबार, ०३ चैत्र २०७७

काठमाडौं - नेपाल शिक्षक महासंघको विवाद समाधान गर्ने भन्दै विशेष राष्ट्रिय परिषद् बसेको ३ दिनमा उल्टै वक्तव्यबाजी शुरु भएको छ । कुनै पनि तहका समितिमा रहेका सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णय भएको उल्लेख गर्दै सहअध्यक्ष र महासचिवले हस्ताक्षर गरी सबै प्रदेश, जिल्ला र स्थानीय समितिलाई गरेको परिपत्रलाइ काउण्टर दिदैं अध्यक्षकै हैसियतमा बाबुराम थापाले मंगलबार तीनै तहलाई जानकारी पठाएका छन् । 

गत फागुन २९ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय परिषद्ले गरेको निर्णयको हवाला दिदैं सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले परिपत्र गरेका थिए । सेवाबाट निवृत्त भएर पनि केन्द्रिय अध्यक्ष थापाले नेतृत्व नछाडेका कारण उत्पन्न विवादलाई परिषद्ले निरुपण गरेको थियो । विधानमा भएको व्यवस्था र यस अघिको सहमती विपरित अध्यक्ष कायम रहिरहने बाबुराम थापाको ईच्छालाई रोक्दै परिाषद्ले नयाँ नेतृत्वको बाटो खुला गरेको उनीहरुको दावी थियो । 

शिक्षक महासंघमा नयाँ नेतृत्वको बाटो खुल्यो, सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त

तर, जानकारी शिर्षकमा मंगलबार सार्वजनिक थापाको वक्तव्यमा आफू अझै पनि अध्यक्ष कायम रहेको र आफ्नै तेतृत्वमा महाधिवेशन गर्ने उल्लेख छ । 

पढ्नुहोस् : 

आफू निवृत्त हुने भए पछि एक बर्ष कार्यकाल बढाउने गरी अध्यक्ष थापाले विधानमा गरेको संशोधनका कारण महासंघमा विवाद हुँदै आएको थियो । परिषद् बैठकले उक्त विवाद समाधान गरेको बताईए पनि थापाको वक्तव्यसँगै महासंघको विवाद फेरी बढ्ने देखिएको छ । आफू निवृत्त हुन ६ महिना बाँकी छँदा थापाले गत बर्ष असोज ४ र ५ गते बसेको परिषद् बैठकबाट कार्यकाल थप गर्ने र निवृत्त भए पनि पदमा बस्न पाइने २ बुँदा पास गराएका थिए । थापा गत चैत ३० गते सेवाबाट निवृत्त भएका थिए । त्यस लगत्तै महासंघ आवद्ध १४ संगठन मध्ये महासंघमा थापाले प्रतिनिधित्व गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र  संस्थागत विद्यालय शिक्षक युनियन बाहेकका संगठन उनको शैलीको विरुद्धमा थिए । 

सह अध्यक्ष र महासचिवको परिपत्रका विरुद्ध सोमबार संगठनले वक्तव्य सार्वजनिक गरेको थियो । 

पढ्नुहोस्  : शिक्षक महासंघमा नयाँ विवाद : निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णयको विरुद्धमा संगठन

महासंघको विवाद समाधान गर्न गठित समितिले दिएको सुझावका आधारमा गत फागुन १४ गते सहमती भएको थियो । 

उक्त सहमती पनि पढ्नुहोस् : शिक्षक महासंघ नेतृत्व विवाद समाधानको सहमती

प्रतिक्रिया