Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

चार दिन शैक्षिक संस्था बन्दको निर्णय

सोमबार, १६ चैत्र २०७७

काठमाडौं - सरकारले आगामी शुक्रबार सम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन भन्दै मंगलबार देखि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको हो ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मन्त्रीका प्रेस सहयोगी ईश्वरराज ढकालले जानकारी दिए । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदुुुषणका कारण स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो, मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध समेत गरेको थियो ।

सरकारले घर बाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान सर्वसाधारणलाई अपिल गरेको छ ।

केही दिन यता काठमाडौंलगायत विभिन्न स्थानमा वायु प्रदुषण बढेसँगै स्वास्थ्य समस्यामा जटिलता थपिँदै गएको छ।

यो पनि पढ्नुहोस् : पूर्व निर्धारित परीक्षा यथावत सञ्चालन गर्न सकिने

प्रतिक्रिया