Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

वायु प्रदूषणका कारण अनिश्चितकालका लागि विद्यालय बन्द

विहीबार, १६ मंसिर २०७८

नयाँ दिल्ली - वायु प्रदूषणका कारण बालबालिकालाई असर नपुगोस् भन्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय शुक्रबार देखि अनिश्चितकालका लागि बन्द गरिएको छ । दिल्लीका वातावरण मन्त्री गोपाल रायलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उक्त खबर प्रकाशन गरेका छन् । 

दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएकोले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै भारतको सर्वोच्च अदालतले भौतिक कक्षा सञ्चालन गर्ने दिल्ली सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गर्ने सरकारले निर्णय गरेको रायले बताएका छन् । 

‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै अदालतले सरकारमाथि सवाल उठाएको थियो । अदालतले २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको समाचारमा जनाईएको छ । 

प्रतिक्रिया