Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

१५ विषयमा एक हजार धेरै शिक्षक नियुक्ति गर्ने गरी आयोग खुल्यो

बुधबार, २९ मंसिर २०७८

भक्तपुर - शिक्षक आयोग खुलेको छ । माध्यमिक तह तृतीय श्रेणीको विभिन्न १५ विषयका लागि एक हजार पाँच सय ४७ पदमा नयाँ शिक्षक नियुक्ति गर्ने गरी शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खोलेको हो । आफैंले तय गरेको शिक्षक पदपूर्ति सम्बन्धि बार्षक तालिकामा उल्लेख समय सकिने अन्तिम दिन पनि बुधबारै हो । 

उक्त विज्ञापन अन्र्तगत सबै भन्दा धेरै विज्ञान विषयमा चार सय ३५ शिक्षक माग गरिएको छ । प्रदेश नम्बर १ मा मात्रै एक सय २८ जना विज्ञानका शिक्षकको माग छ । सबै भन्दा थोरै शिक्षा, संस्कृत साहित्य र न्यायमा एक एक जनाका लागि आयोग खोलिएको छ । 

उक्त आयोगको परीक्षा आगामी चैत १५ गते हुने र दरखास्त दिन एक महिनाको समय तोकिएको आगोगको सूचनामा उल्लेख छ । 

चालु आर्थिक बर्षको बजेटमा सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने र प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तरण गरी बढी भएको दरबन्दी खारेज गर्ने उल्लेख गरे पनि उक्त विषय सम्बोधन विनै आयोगले विज्ञापन खोलेको हो ।

बजेटमा उल्लेख बुँदा सम्बोधन विनै शिक्षक विज्ञापन  

प्रतिक्रिया