Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

अझ पनि झण्डै ४ प्रतिशत विद्यार्थी विद्यालय बाहिर

सोमबार, १५ जेठ २०८०

काठमाडौं - सरकारले सबै विद्यार्थीलाई विद्यालय भर्ना गर्ने लक्ष्य लिए पनि अझ पनि करिब ४ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् । २०७८ को तुलनामा सो संख्याको प्रतिशतमा १ अंकले घटे पनि अझ पनि ३.९ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका सरकारले सार्वजनिक गरेको २०७९ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

टिकाउ दर बढ्यो

तथ्यांकले कक्षा ८, १० र १२ सम्मको तहमा विद्यार्थी टिक्ने दर बढेको देखाएको छ । तथ्यांकले कक्षा ८ मा विद्यार्थीको टिकाउ दर बढेको देखाएको छ । २०७७ मा सो कक्षामा ८२.२ प्रतिशत टिकाउ दर रहेकोमा २०७८ मा त्यसमा वृद्धि भएर ८५.१ र २०७९ मा ८५.७ पुगेको देखिएको छ ।

यसैगरी कक्षा १० मा टिकाउ दर अलिहे ६७.३ पुगेको र यसभन्दा अघि ६६.१ मात्र रहेको कक्षा १२ मा टिकाउ दर ३३.१ बट ३५.६ पुगेको देखिएको छ ।

यो पनि पढ्नुहोस् : पूर्व प्राथमिक कक्षामा वृद्धि तर कक्षा १ प्रवेश गर्ने विद्यार्थी दर घट्दो

एक हजार छ सय ६४ विद्यालय थपिए

प्रतिक्रिया