Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

यस अघि आवेदन दिएका विद्यार्थीले पुनः दिनु पर्ने

दोहारो दस्तुर तिर्नु पर्ने वाध्यता

मंगलबार, ०३ पुस २०८०

भक्तपुर - सर्भर डाउन भएको समयमा नो अब्जेक्सन लेटर (एनओसी) लिन आवेदन दिएका विद्यार्थीले पुनः आवेदन दिनु पर्ने भएको छ । सर्भर डाउन हुनु अघिका केही डाटा सिष्टमबाट हराएकाले यही समयमा दिईएका आवेदन विद्यार्थीले पुनः दिनु पर्ने भएको हो । केही दिन यताका आवेदन पनि मिसप्लेस भएको देखिएकोले पुनः आवेदन गर्न आग्रह गरेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । यसले गर्दा विद्यार्थीले दोहारो दस्तुर तिर्नु पर्ने भएको छ ।

एनओसीको सफ्टवेयरमा समस्या आएपछि बिहीबार देखि अनलाईन सेवा बन्द गरेर शाखाले सोमबारबाट काम शुरु गरेको हो । सर्भर डाउन हुनु भन्दा अघि अनलाईनबाट आवेदन दिए पछि अनलाईनबाटै भेरिफाई हुने गरेकोमा अब विद्यार्थीले लाममै बसेर गर्नु पर्ने भएको छ । अनलाइनबाट जारी गर्दा विद्यार्थीले क्युआर कोर्ड सहित एनओसी पाउँथ्यो भने म्यानुअल्ली गर्दा कुन देशमा के पढ्न जान अनुमति दिइएको हो त्यही विवरण मात्रै टाइप गरेर दिइने शाखाले जनाएको छ । पैसा तिर्न पनि अनलाइनबाटै मिल्छ तर अनुमती पत्र, भेरिफाई गर्न  सिस्टम नचलेपछि सानोठिमी स्थिति कार्यालय जानुपर्ने हुन्छ । 

सोमबार एकै दिन दुई हजार छ सय विद्यार्थीले आवेदन दिएका शाखाले जनाएको छ । अरु समयमा दिनमा औषतमा एक हजार जना विद्यार्थी सेवा लिन आउने शाखाले जनाएको छ । 

शाखा प्रमुख शान्तिराम पौडेलले सफ्टवेयर रिकोभर पनि अन्तिम चरणमा पुगेको बताए पनि मंगलबार दिउँसो सम्म बनेको छैन । अनलाइन सिस्टम रहेको सर्भरको हार्डडिक्स फुल भएर अर्को राख्ने क्रममा डाटा नै हराएपछि रिकोभर गर्न समय लागेको शिक्षा मन्त्रालयले जनाएको छ । अनएओसी नपाएपछि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीले आइतबार दिनभर सानोठिमी स्थित शाखा बाहिर नाराबाजी गरेका थिए । 

मंगलबार शाखामा विद्यार्थीको भिडभाड :

noc_poush_3_2

प्रतिक्रिया