Edukhabar
सोमबार, ३१ बैशाख २०८१
गतिविधि

दर्खास्त दिएको १४ दिनसम्म पनि भएन उपकुलपतिको सर्टलिष्ट

४३ जना प्रतिस्पर्धीले बुझाएको प्रमाण मुल्याङकन गर्ने तीन विज्ञ मध्ये दुई जनाको काम सकिए पनि एक जनाले सोमबारसम्म सक्ने मन्त्रालयले जनाएको छ ।

सोमबार, २२ माघ २०८०

काठमाडौं–त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको बिजनेश प्लान र सोचपत्र अध्ययन गरेर दुई भित्र सर्टलिस्ट सार्वजनिक गर्ने तयारी गरेको छ । 


शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा बनेको उपकुलपति छनौट समितिले सोमबारसम्म सर्टलिष्ट सार्वजनिक गर्ने भने पनि दर्खास्त दिनेहरुले पेश भएको प्रमाण केलाउन समय लागेकोले दुई दिन भित्र सार्वजनिक गर्ने तयारी गरेको हो । माघ ८ गतेसम्मको समय दिएर खुला विज्ञापन भएकोमा उपकुलपतिको लागि ४३ जनाले दर्खास्त दिएका छन् । 


यस मध्ये कतिलाई अन्तरवार्ता र प्रस्तुतीकरणलाई बोलाउने भनेर विज्ञले गरेको मुल्याङकन नम्बरको आधारमा सर्टलिष्ट हुनेछ । मुल्याङकन गर्न तीन जना विज्ञलाई जिम्मेवारी दिएको छ । ‘तीन मध्ये दुई जनाले काम सके पनि एक जनाको ढिला गर्नु भएकोले सोमबार सर्टलिष्ट सार्वजनिक योजना पुरा भएन,’मन्त्रालयका एक कर्मचारीले भने,‘अब दुई दिन भित्र सार्वजनिक गर्छौ ।’ ती कर्मचारीका अनुसार बुधबारसम्म सर्टलिष्ट सार्वजनिक हुनेछ । ‘हाम्रो योजना सोमबार मुल्याङकन सकाएपछि मंगलबारको योजना छ । ढिलामा बुधबारसम्म भइसक्छ,’उनले भने । 


कातिक १६ मा उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएसँगै विश्वविद्यालय कार्यवाहक उपकुलपतिका भरमा सञ्चालनमा छ । नयाँ उपकुलपतिको पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई तीन महिनाका लागि दोस्रो पटक म्याद थप भइसकेको छ तर, नयाँ उपकुलपतिको छनौट प्रक्रिया द्रुतगतिमा हुन सकेको छैन । 


उपकुलपति छनौटको लागि खुला प्रतिस्पधाको प्रक्रिया बढाइरहेको बेला प्रबुद्ध वर्गको सुझाव भन्दै एक समूह ४३ जना भन्दा बाहिरबाट उपकुलपति छनौट गर्नु पर्ने लबिङमा पनि जुटेका छन् । उपकुलपति हुन योग्यता र मापदण्डको कार्यविधि नै बनाएर प्रक्रिया अघि बढेकोले यो भन्दा बाहिर गएर छनौट गर्दा कानुनी प्रश्न उठ्न सक्ने विज्ञहरुले बताएका छन् । 


 

प्रतिक्रिया