Edukhabar
विहीबार, ०३ जेठ २०८१
गतिविधि

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको विज्ञापन भोली आउँदै

सर्टलिष्टमा परेकाले मात्रै सोचपत्र र चार वर्षीय बिजनेश प्लान पेश गर्नु पर्ने प्रावधान राखिएको छ ।

विहीबार, २५ माघ २०८०

काठमाडौं-मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिले शुक्रवार उपकुलपतिको खुला विज्ञापन गर्ने भएको छ । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल रहेको छनौट समितिले उपकुलपति छनौटको कार्यविधि बनाएर विज्ञापन गर्ने निर्णय गरेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको प्रा. अमरराज जोशी र मध्यपश्चिम विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह ०७६ फागुन १८ मा नियुक्त भएका थिए । उनीहरूको कार्यकाल सकिनु अघि नै विज्ञापन गर्न लागेको हो । 

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको विज्ञापन भइसकेको छ । त्रिविमा ४३ जनाले दर्खास्त दिएका छन् । पूर्वाञ्चलको दर्खास्त खुला भएको छ । 

त्रिवि र पूर्वाञ्चलमा निवेदन, सोच पत्र र चार वर्षीय बिजनेस प्लान एकै पटक पेस गर्ने प्रावधान राखेको छ । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा भने निवेदन, नागरिकता, विश्वविद्यालयमा कुनै स्वार्थ नभएको स्वघोषणा, प्राध्यापक, अनुसन्धान गरेको प्रमाण पहिलो चरणमा पेस गर्नु पर्ने प्रावधान गर्दै छ । सर्टलिष्ट भएका व्यक्तिले मात्रै विश्वविद्यालयको सोच पत्र र चार वर्षीय बिजनेस प्लान पेस गर्नु पर्ने प्रावधान गर्नु राखिएको एक सदस्यले बताए । 

 

प्रतिक्रिया