Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

उपकुलपतिका लागि १८ जनाले हाले आवेदन

यस अघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन आवेदन हालेका ४३ जना मध्ये सर्टलिष्टमा नपरेकाले पनि आवेदन हालेका छन् ।

मंगलबार, ०८ फागुन २०८०

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि १८ जनाले आवेदन हालेका छन् । १५ दिनको म्याद सहित गरिएको आवेदन आह्वानको अन्तिम दिन मंगलबार सम्म १८ जनाले आवेदन हालेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

आवेदन हाल्नेहरुको नाम गोप्य राखिएको छ । तर, यस अघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन आवेदन हालेका ४३ जना मध्ये सर्टलिष्टमा नपरेका केहीले पनि आवेदन हालेको मन्त्रालय श्रोतले जनाएको छ । 

शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको छ । पूर्वाञ्चलको उपकुलपति बन्नका लागि अनुसन्धानमा पोख्त व्यक्तिलाई प्राथमिकता दिने गरी कार्यविधि बनाईएको छ । 

पढ्नुहोस् कार्यविधि : पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि

यस्तै उपकुलपति छनोट प्रकृया शुरु भएको सुदुरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको छनोट प्रक्रिया भने स्थगित गरिएको छ ।  पार्टीका कार्यकर्ताले दर्खास्त दिनै नसक्ने गरी कार्यविधि बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छनोट प्रक्रिया नै रोक्न लगाएका हुन् ।  

पढ्नुहोस् : अनुसन्धानलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीको निर्देशनमा रोकियो भीसी छनोट प्रक्रिया

यस्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपछि छनोट समितिले तीन जनाको नाम सिफासिर गरेको छ । 

पढ्नुहोस्  : उपकुलपतिमा बुढाथोकी, बराल र धमला सिफारिस

प्रतिक्रिया