Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

पूर्वाञ्चलको उपकुलपति हुन आवेदन हालेकाहरुको नाम सार्वजनिक

बुधबार, ०९ फागुन २०८०

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन हालेकाहरुको नाम शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । १५ दिनको म्याद सहित गरिएको आवेदन आह्वानको अन्तिम दिन मंगलबार सम्म १८ जनाले आवेदन हालेको शिक्षा मन्त्रालयले जनाएको छ । आवेदन हालेकाहरुको नाम मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । 

पढ्नुहोस् आवेदन हालेकाहरुको नाम :

purbanchal_namelist

शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको छ । पूर्वाञ्चलको उपकुलपति बन्नका लागि अनुसन्धानमा पोख्त व्यक्तिलाई प्राथमिकता दिने गरी कार्यविधि बनाईएको छ । 

पढ्नुहोस् कार्यविधि : पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि
 

प्रतिक्रिया