Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

लापरवाही सच्याएर पुनः तालिका सार्वजनिक

चैत ३१ गतेका लागि राखिएको परीक्षा अब २०८१ वैशाख २ गते हुने गरी तालिका सच्याईएको छ ।

शनिबार, ०३ चैत्र २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले लापरवाही पूर्ण तरिकाले सार्वजनिक गरेको तालिका सच्याएर पुनः प्रकाशित गरेको छ । चार बर्षे स्नातक तह अन्र्तगत शुक्रबार सार्वजनिक परीक्षा तालिकामा कार्यालयले गम्भिर लापरवाही गरेको थियो । चैतको महिना ३० को भए पनि कार्यालयले ३१ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । 

लापरवाहीको हद : महिनामा ३० दिन, परीक्षा भने ३१ गते !

यस अघि चैत ३१ गतेका लागि राखिएको म्याक्रो ईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुने गरी तालिका सच्याईएको छ । स्नातक तह अन्र्तगत मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको दोश्रो बर्षको परीक्षा तालिकामा कार्यालयले उक्त लापरवाही गरेको थियो ।  

आगामी चैत २८ गते देखि बैशाख १४ गते सम्मका लागि परीक्षा तय गरिएको छ । 

हेर्नुहोस् कार्यालयले निकालेको नयाँ तालिका 

tu-notice_page-0001

tu-notice_page-0002
 

प्रतिक्रिया