Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

७ सय विद्यालय भवन निर्माणका लागि अर्थ मन्त्रालयद्वारा बजेट व्यवस्थापन

आगामी आर्थिक वर्ष २०८१/०८२ देखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बजेट बिनियोजन नगर्ने सहमति पनि भएको छ ।

सोमबार, १२ चैत्र २०८०

काठमाण्डौं - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट, भूकम्पले ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि उपयोग गरिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले आवश्यक स्विकृति दिएको छ । सोमबार अर्थ मन्त्री वर्षमान पुन र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहित दुबै मन्त्रालयका प्रशासनिक नेतृत्व बीच भएको छलफलमा उक्त सहमति भएको हो । 

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङका विद्यालय भवन भत्किएका छन् । छलफल लगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प भएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए । 

यस्तै दुई मन्त्रालय बीच आगामी आर्थिक वर्ष २०८१/०८२* देखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बजेट बिनियोजन नगर्ने सहमति पनि भएको छ । उक्त कार्यक्रमको बजेटमा नेताहरुको लुछाचुँडी हुने गरेको छ । 

पढ्नुहोस् : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा नेताको लुछाचुँडी

उक्त कार्यक्रमको कार्यविधिमा शुरुमै आलोचना भएको थियो । 

पढ्नुहोस् : शैक्षिक सुधारको जडमा नपुगेको कार्यविधि

उक्त कार्यक्रम प्रभावकारी नभए पछि कार्यक्रम नै हटाउने र त्यसको साटो आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा बजेट वृद्धि गर्ने अर्थमन्त्री पुनले बताएका छन् । 

‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ’, उनले भने ।

यस विषयमा  यस अघि नै प्रकाशित खबर पनि पढ्नुहोस् : 

शिक्षा मन्त्रालयमा भएको १ अर्ब नेतालाई भागबन्डा, भूकम्प प्रभावित विद्यालय बनाउन दातालाई गुहार

शिक्षा बजेटमा मन्त्रीको रजाईं, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बेथिति

र यो पनि पढ्नुहोस् :

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बेथिति अन्त्य गर

सच्याईएको - सं.
 

प्रतिक्रिया