Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

दरबार हाईस्कुलमा पढ्न आवेदन दिने ७७१, निजी विद्यालय छाडेर आउन चाहने ५७४

दरबार हाईस्कुलमा आज प्रवेश परीक्षा, कक्षा ९ मा १२ जनाको कोटामा १ सय ५० जनाले आवेदन दिएका छन् ।

बुधबार, २८ चैत्र २०८०

काठमाडौँ– रानीपोखरी स्थित भानु माध्यमिक विद्यालय (दरबार हाईस्कुल) मा  १ सय १२ सिटको लागि बुधवार ७ सय ७१ जनाले प्रवेश परीक्षा दिँदै छन् ।

कक्षा १ देखि ९ सम्म रिक्त रहेको कोटामा मात्रै प्रवेश परीक्षा लिन लागेको हो । विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढी भएपछि प्रवेश परीक्षा तय गरिएको छ । durbar school building

विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले भर्ना हुन चाहनेमा निजी विद्यालय छाडेर आउनेको संख्या ७५ प्रतिशतको हाराहारीमा रहेको बताइन । आवेदन दिएका ७ सय ७१ मध्ये ५ सय ७४ विद्यार्थी निजी विद्यालय छाडेर आएका छन् ।

अंग्रेजी माध्यमबाट पढाउने  र भौतिक पूर्वाधार सुविधा सम्पन्न भएकोले विद्यार्थीको आकर्षण बढेको हुन सक्ने प्रधानाध्यापक पौडेलले बताइन । विद्यार्थी भर्ना गरिदिन भन्दै भनसुन गर्ने संख्या पनि उत्तिकै रहेको उनले बताइन । विद्यार्थी चाप बढेपछि विद्यालयमा हरेक कक्षा दुई वटा सेक्सनमा विभाजन गरिएको छ । आवेदन दिनेमा सबैभन्दा बढी कक्षा ९ मा विद्यार्थीको चाप रहेको पौडेलले बताइन ।

उनका अनुसार कक्षा ९ मा १२ जनाको कोटामा १ सय ५० जनाले आवेदन दिएका छन् । त्यस्तै कक्षा १ मा २२ जनाले आवेदन दिएका छन् । विद्यार्थीको चाप बढेकोले कक्षा ९ देखि १२ सम्म बिहान पढाउने विकल्पमा पनि छलफल भइरहेको उनले  बताइन । ‘हामीलाई विश्वास गरेर आएको विद्यार्थीलाई राख्न पाए हुन्थ्यो भन्ने भएको छ । यसलाई व्यवस्थापन गर्न बिहानी कक्षा सुरु गर्न सकिन्छ कि भनेर छलफल सुरु गरेका छौ,’उनले भनिन् । 

 

प्रतिक्रिया