Edukhabar
सोमबार, ०२ असार २०८२
गतिविधि

मध्यराती सार्वजनिक प्रदेशको बजेटमा शिक्षा

असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक प्रवन्धका कारण दिनभरी जसो रस्साकस्सिमा रहेका मुख्य राजनीतिक दलहरु समय घर्किएपछि बल्ल सहमतीमा आए पछि बजेट सार्वजनिक

सोमबार, ०२ असार २०८२

काठमाडौं - कर्णाली प्रदेश सरकारले मध्यराति १२ बज्नु केही समय अगाडि बल्ल आगामी बर्षको बजेट सार्वजनिक गरेको छ । असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक प्रवन्धका कारण दिनभरी जसो रस्साकस्सिमा रहेका मुख्य राजनीतिक दलहरु समय घर्किएपछि बल्ल सहमतीमा आए पछि बजेट सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रस्तुत गरेको कर्णालीको बजेटमा शिक्षाका कार्यक्रम यस प्रकार छन् 

  • उपयुक्त शैक्षिक पूर्वाधार निर्माण, तवीनतम्, प्रविधिको उपयोग र शैक्षिक सामग्रीको व्यवस्थापन गरी शिक्षालाई गुणस्तरीय उध्यमशील, रोजगारमुखी र जीवन उपयोगी बनाईने 
  • सामुदायिक विद्यालयको पठनपाठनलाई सहज बनाई गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक स्तर सुधार गर्ने कार्यलाई प्राथमिकता 
  • तीन सय ९०  विद्यालयको भौतिक पूर्वाधारको सुधार तथा विकासमा सहयोग गरिने
  • विगतमा प्रदेश सरकारले शुरु गरी निर्माण सम्पन्न हुन नसकेका सामुदायिक विद्यालयका अधुरा भवन पहिचान गरी निर्माण सम्पन्न गर्न १५ करोड विनियोजन 
  • सार्वजनिक शिक्षामा सुधार गरी नतिजामुखी बनाउँदै गुणस्तर  अभिवृद्धि गर्न कक्षा १० का विद्यार्थी लक्षित एसाईई विद्यार्थी डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिने 
  • सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाई प्रतिष्पर्धि एवं दक्ष जनशक्ति उत्पादन गर्न मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमलाई निरन्तरता
  • स्थानीय तहको साझेदारीमा एक प्रदेश निर्वाचन क्षेत्र एक आवासीय सुिवधा सहितका ठुला विद्यालय विकास कार्यक्रम सञ्चालन
  • युवाको प्राविधिक ज्ञान, सिप विकास गरी दक्ष सिपयुक्त जनशक्ति उत्पादन गर्न व्यावसायिक शिक्षा तथा तालिम प्रदायक शिक्षण संस्थाहरुको गुणस्तर सुधार्न परम्परागत तथा धार्मिक विद्यालय सञ्चालन गर्न हामी सुधार्छौ हाम्रो विद्यालय अभियानका लागि बजेटको व्यवस्था
  • प्रदेश भित्र दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न सबैलाई शिक्षाको अवसर दिलाउन प्राविधिक शिक्षामा स्वास्थ्य, ईञ्जिनियरिङ्, कृषि, भेटनरी, पर्यटन र सूचना प्रविधि क्षेत्रमा उच्च शिक्षा अध्ययनरत प्रदेशका गरिब तथा जेहेन्दार विद्यार्थीलार्य विशेष छात्रवृत्ति प्रदान गर्ने
  • छोरीबुहारी, दलित, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख, सीमान्तकृत समूहलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता 
  • विद्यार्थी शिक्षक अनुपात उच्च रहेका सामुदायिक विद्यालयका लागि अँग्रेजी, गणित तथा विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्नका लागि एकमुष्ट अनुदान
  • मध्यपश्चिम विश्वविद्यालयको ईञ्जिनियरिङ् सड्कायमा स्नातक र स्ताताकोत्तर तहमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र प्रदेशमा प्रयोग हुने निर्माण सामग्री तथा निर्मित संरचनाको गुणस्तरीयता परीक्षया गर्न प्रयोगशाला सुदृढिकरणका लागि उपकरण खरिदका लागि बजेट विनियोजन
  • उच्च शिक्षा प्रदायक शिक्षण संस्थालाई प्रदान गरिदैं आएको सहयोग तथा विद्यार्थीलाई जिवनोपयोगी ज्ञान र सिप सिकाउन विद्यालयमा अतिरिक्त क्रियाकलापको रुपमा हप्ताको एकबार किताब रहित शुक्रबार कार्यक्रमलाई निरन्तरता

यसैगरी दिनभरी दलहरु बिच रस्साकस्सि चले पनि आईतबार साँझ नौ बजेतिर बल्ल बागमती प्रदेशले आफ्नो बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको बजेटमा शिक्षाका विषय 

  • आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि शिक्षत जनाता भन्ने सोचका साथ क्षमतावान र उद्यमशील मानव पुँजीको विकासका लागि शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाइनेछ ।
  • स्थानीय तहको साझेदारीमा हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालयका आवासीय कार्यक्रमलाई निरन्तरता दिइने 
  • लोपोन्मुख र अति सीमान्तकृत समुदायका जिरेल, सुरेल, थामी, चेपाङ, माझी, दनुवार लगायतका बालबालिकाहरूको अनिवार्य तथा निःशुल्क शिक्षामा पहुँच अभिवृद्धि गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने
  • स्थानीय तहसँगको सहकार्यमा विद्यालय तहदेखि नै नैतिक शिक्षाको प्रवर्धन गरिने 
  • सामुदायिक माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रविधिमैत्री व्यवसायिक शिक्षा कार्यक्रम सञ्चालन गरिने 
  • सामुदायिक माध्यमिक विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भीम बहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था शून्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई दिइँदै आएको अनुदानलाई निरन्तरता 
  • स्वरोजगारमूलक र समस्या समाधानमा आधारित अनुसन्धान र नवप्रवर्तनका लागि वैज्ञानिक शिक्षा प्रणालीलाई जोड 
  • बागमती प्रदेश विश्वविद्यालयको संस्थागत सुदृढीकरण एवं पूर्वाधार निर्माणमा लगानी गरी उच्चस्तरीय जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिने 
  • सामुदायिक क्याम्पसमा अध्ययनरत छात्राहरूको लागि प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्ति र शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
  • विज्ञान तथा प्रविधिको विकासलाई जोड दिँदै बागमती प्रदेशका प्रतिभाहरूको पहिचान तथा क्षमता विकासका लागि प्रदर्शनी एवं विज्ञान मेलाहरू आयोजना गरिने, सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गरी बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने
  • निजी क्षेत्रको सहकार्यमा काठमाडौंको कीर्तिपुरमा सूचना प्रविधि सिकाइ केन्द्र स्थापनाका लागि अध्ययन गरिने 

अन्य प्रदेशको शिक्षा बजेटको खबर पढ्नुहोस् : प्रदेश बजेटमा शिक्षा : स्वयंसेवक शिक्षक देखि शिक्षक र आयालाई प्रोत्साहन भत्ता सम्म

प्रतिक्रिया