काठमाडौ - प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा सम्बन्धि अध्ययन उपसमिति गठन गरेको छ । उपसमितिमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टिका सांसदहरू रौतहट ४ का गणेश पौडेल र कैलाली ३ का जगतप्रसाद जोशी सदस्य छन् । यस्तै विपक्षी दलका तर्फबाट एमालेका सामानुपातिक सांसद गुरुप्रसाद बराल र श्रम संस्कृतीका समानुपातिक सांसद राधिका रम्तेल सदस्य छन् । नेपाली कम्युनिष्ट पार्टिका सल्यानका सांसद रमेशकुमार मल्ल पनि उपसमितिको सदस्य रहेका छन् ।
समितिको बैठकले शिक्षा सहित विभिन्न ६ उपसमिति गठन गरेको हो । परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ ।
परामर्श तथा समन्वय उपसमितिमा सांसदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन छन् ।
त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजंग थापा सदस्य छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमितिमा सांसदहरू कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन सदस्य छन् ।
सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल सदस्य छन् ।
खेलकुद अध्ययन उपसमितिमा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सिता थपलिया छन् ।
उपसमितिको संयोजनको जिम्मेवारी समितिकी सभापति डा. ओजश्वी शेरचनले नै गर्ने छिन् ।
संसदीय समितिलाई मिनि संसद समेत भनिन्छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ । आफ्नो कामलाई थप चुस्त बनाउन समितिले उपसमिति गठन गरेर काम गर्ने अभ्यास हुँदै आएको छ । मूल समितिमा २७ सदस्य रहेका छन् ।
प्रतिक्रिया