Edukhabar
आइतबार, २९ भदौ २०८२
गतिविधि

उच्च शिक्षाबाट विद्यालय शिक्षा तिर

आइतबार, १२ असार २०७३

काठमाडौं - उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको राजधानी मोडेल कलेज विद्यालय शिक्षामा पनि अग्रसर भएको छ । यहि शैक्षिक सत्रबाट राजधानी एकेडेमी काठमाडौं हायर सेकेण्डरी स्कुलको नामबाट कक्षा ११ मा ब्यवस्थापनको अध्ययन अध्यापन गर्ने गरी कलेजले विद्यालय शिक्षामा लगानी विस्तार गरेको हो ।

'विद्यालय शिक्षा भन्ने वित्तिकै आधारभूत आवश्यकता हो' कलेजका प्रिन्सिपल केपी पन्तले भने, 'हामी उच्च शिक्षामा काम गर्दै आएकै थियौं, आधारभूत तह देखिनै शिक्षामा काम गर्ने हो भने बल्ल शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ भन्ने विश्वास भएरै हामी अग्रसर भएका हौं ।'

आगामी शैक्षिक सत्र देखि कक्षा १ देखि १२ सम्म नै सञ्चालन गर्ने पन्तले बताए ।

यस अघि कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर वीवीएका कक्षा सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति २०७३ असार १२ गते

प्रतिक्रिया