Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

को हुन् अहिले सम्मका गतिला शिक्षा मन्त्री ?

बुधबार, १२ साउन २०७३
Mana Prasad Wagley

शिक्षामा सर्वजनहितायको उद्देश्यले काम गर्ने मैले भेटेका तीन कर्मठ शिक्षामन्त्री
१. आमोदप्रसाद उपाध्याय: उनी नेपाली कांग्रेसका हुन् र उनले शिक्षामा केही गरौँ भन्ने अठोट गरेका थिए/ उदाहरणको रूपमा शिक्षामा एउटा उच्चस्तरीय कार्य समिति बनाएर त्यस समितिको नजिकमा रही सदस्यका कुरा सुन्ने, आफ्ना कुरा आफू मार्फत र शिक्षामन्त्रालयका पदाधिकारी मार्फत राखी सकेसम्म व्यावहारिक सुझावका लागि घचघच्याउने काम गरी केही अपवाद वाहेक समितिका सवै सुझाव समेटी शिक्षा सातौँ संसोधन ऐन संसदबाट सर्वसम्मतिले पास गराउन सफल भए / शिक्षामा भद्दा वैचारिक राजनीति प्रवेश हुनु हुन्न भन्नेमा पनि उनी त्यतिकै अडिग थिए/ आफूले बनाएको आयोग वा समितिलाई विश्वास गर्ने एक मात्र शिक्षामन्त्री जसले नेपालको शिक्षामा युगानुसार परिवर्तन चाहेका थिए/

२. स्व. प्रा. डा. मंगलसिद्धि मानन्धर: उनी नेकपा एमालेका थिङ्क ट्यांक थिए पछि राजाका विश्वासीपात्र भएर शिक्षामन्त्री हुँदा शिक्षामा केही महत्वपूर्ण काम गरेर गए/ उदाहरणको रूपमा सिटिईभिटीको ३ बर्षे डिप्लोमाले स्नातकतहमा भर्ना पाउने विषय हुन् वा कक्षा १० को पाठ्यक्रमवाट मात्र एसएलसीको परिक्षा लिने निर्णय हुन् वा शिक्षा मन्त्रालयलाई शैक्षिक परामर्शका लागि विद्वानहरुको थिङ्क ट्यांक आवश्यक पर्छ भनी शुरु गरेका "एजुकेसन पोलिसी कमिटि" हुन् यी सवै नेपालको शिक्षामा दीर्घकालीन सकारात्मक असर गर्ने कामहरु हुन्/ त्यतिखेर तयार भएको उच्च शिक्षा विधेयकमा राजालाई विश्वविद्यालयको कुलपति बनाउन हुन्न भन्ने सुझावमा पनि उनले साथ दिएका थिए/

३. गिरीराजमणी पोखरेल: उनी माओबादी केन्द्रका हुन्/ उनले जति समय शिक्षामन्त्रीको कुर्सीमा बसे आफ्नो चिन्तन शिक्षा सुधारमै लगाए/ उदाहरणको रूपमा एसएलसीको ग्रेडिंग पद्धतिलाई व्यक्तिको क्षमतासँग जोडेर शिक्षामा हुने दीर्घकालीन फाईदाको लागि गरेका निर्णय हुन् वा भारतीय खुला विद्यालयले नेपालमा गर्दै आएको कार्यक्रम खारेज गर्ने काम हुन् वा शिक्षामन्त्रालयका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित विज्ञको सल्लाह लिने काम हुन् वा संस्थागत विद्यालयलाई नियमन गर्ने प्रकृतिका निर्णय हुन् ती सवै उनले गरेका राम्रा काम हुन्/ सदनमा ६ वर्षदेखि अड्किएर बसेको शिक्षा आठौँ संसोधन ऐन पास गराउन सक्नु उनको क्षमता मान्नु पर्दछ/ नेपाली जनताले २३ वर्ष अगि देखि देखेको सपना र १५ वर्ष अगिदेखी पटक पटक चर्चामा आउंदै सेलाऊंदै गएको "नेपाल खुला विश्वविद्यालय" ऐन पास गराउन पनि उनी सफल भएकै हुन्/

प्रतिक्रिया