काठमाडौं – पढाउन छोडेर राजनीतिक दलहरुको कार्यक्रममा लागेको भन्दै टर्की सरकारले त्यहाँका शिक्षकलाई जागिरबाट निलम्बित गरेको छ ।
टर्की प्रशासनले त्यहाँको प्रतिबन्धित कुर्दिस वर्कस् पार्टी (पीकेके) मा लागेको आरोपमा ११ हजार २ सय ८५ शिक्षकलाई पदबाट निलम्बन गरेको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यो ठूलो संख्यामा शिक्षकविरुद्धको कारबाही टर्कीका प्रधानमन्त्री विनाली यल्दिरिमले गएको सोमबार अतिवादी पीकेकेमा आबद्धता जनाउने सबै शिक्षकलाई निलम्बन गर्ने भनी चेतावनी दिएको तीन दिनपछि आएको छ ।
र्कीको दक्षिणपूर्वी सहर दियारवकिरमा भएको एक कार्यक्रममा उक्त क्षेत्रमा करिब १४ हजार शिक्षक कुनै न कुनै रुपमा आतंकवादी समूहसँग संलग्नता भएको भन्दै शिक्षकहरुमाथि पनि कारबाही गरिने बताएका थिए ।
दियारवकिर टर्कीको आतंकवादी कुर्दिस् समूहको हमलाका लागि लक्षित सहर भएको बताइएको छ । पटकपटक पीकेकेले उक्त सहरमाथि धावा बोल्ने प्रयास गर्दै आएका थिए ।
एनादोलु एजेन्सीले टर्कीको राजधानी अङ्कारामा प्रधानमन्त्री यल्दिरिमले सरकारले मुलुकमा शान्ति तथा अमन चयन राख्न जस्तोसुकै कारबाही गर्न पनि अधिकार प्राप्त गरेको भन्दै आतङ्कवादी गतिविधि सञ्चालन हुने गरेका कतिपय नगरपालिकामा छिट्टै यो देखिने भन्ने आसयको अभिव्यक्ति दिएका थिए । पीकेकेलाई संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र टर्कीले आतङ्कवादी सङ्गठनको सूचीमा राखेका छन् ।
नेपाल सरकारको नि ध्यान जाओस् ।
नेपाल सरकारलाई नै शिक्षकले बर्खास्त गर्नु नपराेस ।त्यस्ताे हैसियत छ र सरकार सँग ...
nikai sahasik nirnaya aayo. nepal sarkarlee ni gambhir tarika lee sochucsh.
nepali teacher ko hi can tasta.
नेपाल सरकार को पनि ध्यान पुगोस् !