Edukhabar
बुधबार, २६ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीका लागि शैक्षिक मेला

आइतबार, २६ भदौ २०७३

पोखरा – विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी  पोखरामा तीन दिने एजुकेशन फेयर हुने भएको छ । सोमाबारबाट शुरु हुने फेयरको तयारी सकिएको आयोजकले जनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने पोखरा र आसपासका विद्यार्थीलाई आवश्यक परामर्श र वानकारी दिन मेला गरिएको आयोजक वानअफ इभेन्ट एन्ड मिडिया सोलुसनले जनाएको छ ।

मेगा एजुकेशन फेयर २०७३ नाम राखिउको उक्त मेला बुधबार सम्म चल्ने छ । मेला आयोजक वानअफका म्यानेजर प्रमिटराज शर्माले सिटी हलमा हुने मेलामा पोखराका स्थानीय कलेजमात्र नभएर देशकै उत्कृष्ट कलेजहरु र विदेशी कलेज तथा विभिन्न कन्सल्टेन्सीहरुको सहभागिता हुने जानकारी दिए ।

मेलामा सहभागी भएका विद्यार्थीले आफूले् अध्ययन गर्न चाहेको विषय र कलेज बारेमा विषयविज्ञ र कलेज सञ्चालकहरुबाट पूर्ण रुपमा जानकारी पाउने आयोजकको दावी छ । मेलाको ४० हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया