Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलामा विद्यार्थीका लागि उपहार

मंगलबार, २८ भदौ २०७३

पोखरा - विदेश जाने विद्यार्थीका लागि आवश्यक परामर्श तथा कलेजहरुका बारेमा जानकारी दिन जारी  मेलामा सहभागिता जनाउने विद्यार्थीका लागि ‘हात खाली नजाने’ उपहार योजना समेत शुरु गरिएको छ । मेलाको पहिलो दिन सोमबार एक हजार विद्यार्थीले विभिन्न खाले गिफ्ट ह्याम्पर प्राप्त गरेका आयोजक वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्युसनले जनाएको छ ।

मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीमध्ये लक्की ड्रमार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले बम्पर उपहार स्वरुप ल्यापटप पाउने छन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

बुधबार सम्म चल्ने मेलाको सोमबार संचार उद्यमी समेत रहेका शैक्षिक परामर्श व्यवसायी महेश भण्डारी, कंगारु एजुकेशन फाउण्डेशन पोखरा शाखाका प्रमुख कार्यकारी टि.आर. काफ्ले र ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूटका प्रबन्ध निर्देशक सन्दिप अर्यालले सँयुक्त रुपमा उद्घाटन गरेका थिए ।

विग एफएमका अध्यक्ष समेत रहेका भण्डारीले मेलाको सफलताको कामना गरे । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थी र अभिभावकहरुका लागि मेला निकै फलदायी हुने उनले अपेक्षा गरे । त्यस्तै काफ्ले र अर्यालले पनि मेला परामर्श व्यवसायी, विद्यार्थी र अभिभाव सबैका लागि फाईदाजनक भएको बताए ।

ग्लामर र पर्यटनको हिसाबले मात्रै ईभेन्ट भैरहने पोखरामा शैक्षिक ज्ञान दिने खालको कार्यक्रमहरु कमै हुने देखे पछि आफुहरुले शैक्षिक मेलाको आयोजना गरेको वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुले विभिन्न ३६ वटा स्टलबाट विद्यार्थीलाई परामर्श दिईरहेका छन् ।

प्रतिक्रिया