Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलाको रौनक, बुधबार अन्तिम दिन

बुधबार, २९ भदौ २०७३

पोखरा - जारी शैक्षिक मेलामा मंगलबार विद्यार्थीको चाप अत्यधिक भएकोले परामर्श दिनेहरुलाई भ्याई नभ्याई भयो । सोमबारदेखि शुरु मेलामा पोखरा र आसपासबाट थुप्रै विद्यार्थी वैदेशिक अध्ययनको बारेमा जानकारी लिन आएका छन् । मंगलबार सार्वजनिक विदा भएकाले पनि विद्यार्थीको चाप बढेको आयोजकको अड्कल छ । ‘विद्यार्थी सहभागिता सोँचेको भन्दा बढि हामीले पायौँ । विदाको दिन पारेर धेरै विद्यार्थी र उनीहरुको अभिभावक मेलामा सहभागी भए ।’ आयोजक वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसनका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘अहिलेसम्म भएका शैक्षिक मेलामा मंगलबार भएको विद्यार्थी सहभागिता ऐतिहासिक नै हो ।’

यस अघि पनि पोखरामा केहि वर्ष शैक्षिक मेलाहरु भएका थिए । तर ती मेलाको तुलनामा यो पटक विद्यार्थीको सँख्या निकै बाक्लो देखिएको मेलाका प्रस्तुतकर्ता किंग्स ईन्स्टिच्युटका संचालक महेश भण्डारीले बताए , । उनले भने–‘यसले विद्यार्थीमा वैदेशिक उच्च शिक्षाको बारेमा बढि चासो उत्पन्न भएको देखाउँछ । र, उनीहरुको लागि मेला प्रभावकारी रहेछ भन्ने कुरालाई पनि पुष्टि गरेको छ ।’

बुधबार मेलाको अन्तिम दिन भएकोले विद्यार्थीहरुलाई सकेसम्म सहभागी भएर फाईदा उठाउन आयोजकको आग्रह छ । मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीमध्ये लक्की ड्रमार्फत बुधबार एक जना विद्यार्थीलाई ल्यापटप बम्पर उपहार स्वरुप दिने आयोजकले जनाएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको छ । मेलामा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिईरहेका छन् ।

प्रतिक्रिया