Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

नागरिक भावना ह्रासोन्मुख : संविधान दिवसकै दिन सार्वजनिक

सोमबार, ०३ असोज २०७३

काठमाडौं - देश हुन के के कुरा चाहिन्छ ?

भूगोल मात्रै हैन, देश हुनलाई नागरिक र उनीहरुसंग हुने देश प्रेमको स्थान अर्थात् देश प्रति हुनु पर्ने नागरिक भावनाको भूमिका महत्वपूर्ण हुन्छ ।

तर, अमेरिकामा पछिल्लो समय देश प्रतिको नागरिक भावनामा क्रमशः कमी आएको तथ्य सार्वजनिक भएको छ । पेन्सीलभानिया युनिभर्सिटीको एनरवर्ग पब्लिक पोलिसी सेन्टरले गरेको उक्त अध्ययनले विद्यालयतहदेखि नै नागरिक शिक्षाको अभावले यस्तो भएको निष्कर्ष सार्वजनिक गरेको हो । त्यसैले हरेक तहका विद्यार्थीलाई नागरिक शिक्षा दिनुपर्ने आवश्यकता उसले औंल्याएको छ ।

नागरिक ज्ञानमा सुधार गर्ने उद्देश्यले उक्त अध्ययनको निचोड संविधान दिवस (सेप्टेम्बर १७) को दिन सार्वजनिक गरिएको हो ।

अध्ययनले एक तिहाइ अमेरिकीलाई राज्यका प्रमुख तीन अंगहरु र त्यसका निकायहरुको नाम र कामबारेमा थाहा नभएको तथ्य फेला पारेको छ ।

संस्थाले नागरिकहरुमा घटिरहेको नागरिक भावनाका कारण समाजमा गम्भीर समस्या निम्त्याउन सक्ने संकेत गर्दै त्यसका लागि विद्यालयतहदेखि कलेज तहसम्म नै नागरिक शिक्षा दिनुपर्ने सुझाव अध्ययनमा छ ।

अध्ययनमा नागरिक भावना बढाउने खालको इतिहास बारेमा पनि अमेरिकीहरुको चासो र चिन्ता कम भइरहेको देखिएको छ ।

अध्ययनमा संलग्न अधिकारीहरुका अनुसार कूल उत्तरदाताहरुमध्ये एक तिहाइले अमेरिकीले सरकारका कुनै पनि अंगको नाम र काम भन्न नसकेको जनाउँदै एक चौथाइले मात्रै सबै सरकारी निकायको नाम भन्न सकेको जनाएका छन् ।  

अनुसन्धाताहरुका अनुसार उक्त अध्ययनले नागरिक भावना र इतिहासका सम्बन्धमा अमेरिकीहरुको यथार्थ ज्ञानलाई चित्रण गरेको छ । सेन्टरका निर्देशक क्याथलिन हल जेमिसनले भने, ‘नागरिक ज्ञानको अभाव हुनु चिन्ताको विषय हो, यसैले विद्यालय तहमै नागरिक ज्ञानको शिक्षालाई बढाउनु जरुरी छ ।’

उक्त अध्ययनको निचोडपछि अधिकारकर्मीहरु राष्ट्रिय स्तरमै नागरिक ज्ञानलाई फैलाउनु आवश्यकता भइसकेकोमा सहमत भएका छन्  । उनीहरुले नागरिक ज्ञानलाई आफ्नो पढाइ र भविष्यलाई जस्तै गरी प्राथमिकतामा नराखे अझ नागरिक ज्ञानमा ¥हास हुने पनि सुझाएका छन् ।

अनरवर्ग, अनलाइन मार्फत उच्च स्रतको शैक्षिक सामग्री उलपब्ध गराउँदै आएको सिभक्स रिन्यूवल नेटवर्क (सिआएन) को एक हिस्सेदार संस्था समेत हो ।

प्रतिक्रिया