Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

५ विद्यार्थीमध्ये १ मा मानसिक समस्या

विहीबार, ०६ असोज २०७३

काठमाडौं - प्रत्येक ५ अमेरिकी विद्यार्थी मध्ये एकमा कुनै न कुनै मानसिक समस्या रहेको एक अध्ययनले जनाएको छ ।

चाइल्ड माईण्ड नामक संस्थाले गरेको एक अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो । सो सम्बन्धमा स्कुल एण्ड मेण्टल हेल्थ एट द चाइल्ड माइण्ड इन्ष्टिच्युटका विज्ञ डेभिड एण्डरसनले अमेरिकामा ५० लाख स्कुले विद्यार्थी रहेको बताउँदै उक्त समस्याबाट ५ लाख विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित भएको पनि उल्लेख गरेका छन् ।

उक्त संस्थाका अनुसार त्यहाँका करिब ८० प्रतिशत विद्यार्थीले मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि परामर्श र उपचार समेत पाएका छैनन् ।

एण्डरसनले मानसिक रुपमा पीडित विद्यार्थीले आफ्नो सिकाइ र सम्बन्ध विकासको अवसर पनि गुमाइरहेको कारण अवस्था जटिल मोडतिर गइरहेको उनले जनाएका छन् ।

समस्या समाधान गर्नका लागि शिक्षकहरुमा समेत मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान नुहँदा सानो उमेरमै विद्यार्थी मानसिक प्रताडनाको सिकारमा परिरहेको  बताए । शिक्षकहरुमा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान छैन र तालिम पनि छैन । सोही कारण विद्यार्थी मानसिक रुपमा पीडित हुन पुगेको सो संस्थाले जनाएको छ ।

उक्त संस्थाका अनुसार त्यसरी मानसिक रुपमा आक्रान्त विद्यार्थीलाई परामर्श दिएर समाधान गर्न सकिने भए पनि अमेरिकामा मनोपरामर्शकर्ताहरु पनि पुग्दो मात्रामा छैनन् । अमेरिकामा एक परामर्शकर्ताको भागमा करिब ५ सय विद्यार्थी पर्न आउने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया