Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

भारत - पाक तनाव : शैक्षिक संस्था बन्दको घोषणा

विहीबार, १३ असोज २०७३

काठमाडौं - भारत पाकिस्तान तनावका कारण भारतको पंजाव सरकारले पाकिस्तानी सीमा क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । दुई देश विचको अवस्था नाजुक भएकोले यस्तो निर्णय लिनु परेको सरकारी अधिकारीहरुलाई उदृत गर्दै वीवीसीले जनाएको छ ।

पाकिस्तानी सीमा क्षेत्र सँग जोडिएको अमृतसर, गुरदासपुर, पठानकोट, फिरोजपुर लगायतका जिल्लामा रहेका गुरुद्धाराहरुले सीमावर्ती क्षेत्र सुरक्षित नभएको घोषणा गरेका छन् । उक्त स्थानबाट सुरक्षित क्षेत्रमा जान उनीहरुले अपील समेत गरेका छन् । उक्त अपीलमा सबै भन्दा पहिला बालबालिका, महिला र बद्धबृद्धालाई सुरक्षित स्थान तिर लैजान आगह गरिएको छ ।

गुरुद्धाराको उक्त अपील पछि स्थानीयहरु आफन्तहरुकोमा शरण लिन पुगेको पत्रकार रविन्दर सिंहले वीवीसीका लागि लेखेको खबरमा उल्लेख छ ।

यसैविच दुई देश विचको तनाव पछि भारतले 'सर्जिकल स्ट्राइक अप्रेसन' शुरु गरेको जनाए पनि पाकिस्तानले उक्त कुराको खण्डन गरेको छ । भारतीय सेनाले पाकिस्तानसंगको सीमा क्षेत्रमा संदिग्ध उग्रवादीहरु विरुद्ध सैन्य कारवाही गरिएको जनाए लगत्तै पाकिस्तानी पक्षबाट भारतको आलोचना भएको छ ।

भारतीय सेनाका एक अधिकारीका अनुसार पाकिस्तान प्रशासित कश्मीर स्थित स्थित विद्रोहीले बनाएको आक्रमणको योजना विफल तुल्याउन पछिल्लो कारवाही गरिएको हो ।

पाकिस्तानले चाहिँ भारतले कुनै कारवाही नगरेको तर सीमापारिबाट चलाइएको गोली लागेर आफ्ना दुई सैनिकहरु मारिएको बताएको छ ।

भारतीय सेनाका एक अधिकारीलाई उदृत गर्दै वीवीसीले भनेको छ, ‘सर्जिकल स्ट्राइक्स’ भनिएको कारवाहीमा आतंकवादी र उनीहरुलाई सघाउनेहरुतर्फ ठूलो हताहति भएको छ।

सर्जिकल स्ट्राइक भनेको त्यस्तो फौजी कारवाही हो, जहाँ सेनाको सानोभन्दा सानो टुकडीको माध्यमबाट दुश्मन रहेको स्थान वा अड्डामा हमला गरिन्छ । यस्तो सर्जिकल स्ट्राइकमा जनधनको क्षति हुँदैन र आक्रमणकारीले पनि खासै क्षति व्यहोर्दैन । पाकिस्तानमा लुकेर बसेका ओसामा विन लादेनलाई अमेरिकाले यही ‘सर्जिकल स्ट्राइक’ मार्फत मारेको थियो ।

प्रतिक्रिया