Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

शैक्षिक संस्थामाथि आक्रमण रोक्न संकटकाल घोषणा

सोमबार, २४ असोज २०७३
इथियोपिया । इथियोपियामा ५ महिनाका लागि संकटकाल घोषणा गरिएको छ । देशका दुई सबभन्दा ठूला जातीय समूहले महिनौंसम्म सरकारविरोधी प्रदर्शन गरेपछि सरकारले ६ महिनाको लागि संकटकालको घोषणा गरेको बिबिसीले जनाएको छ । नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै गरिएको संकटकालले भौतिक संरचना, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र र प्रशासनिक तथा न्यायिक क्षेत्रमा भइरहेको आक्रमण रोक्ने उद्देश्य रहेको त्यहाँका प्रधानमन्त्री हैलेमारियम डेजालेनले जनाएको बिबिसीले लेखेको छ । इथियोपियाका ६० प्रतिशत मानिस ओरोमो वा अम्हारा समूहका छन् । अल्पसंख्यक अभिजात्य टिग्रेयन समूहले शक्ति कब्जा गरेको उनीहरुको गुनासो छ । गत आईतबार ओरोमो समुदायको एउटा पर्वमा कम्तिमा ५५ जनाको मृत्यु भएदेखि इथियोपियामा हिंसा अझ भड्किएको छ । विभिन्न क्षेत्रमा सरकारको दमनको विरोध गर्दै प्रदर्शनकारीले राजधानी अडिस अबब जाने धेरै सडक अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया