Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

स्टुडेण्ट भिसा चाहिनेलाई टुरिष्ट भिसा !

मंगलबार, ०२ कार्तिक २०७३

काठमाडौं - नेपाली विद्यार्थीलाई अन अराईभल र टुरिष्ट भिसामा विदेश पठाउने कार्य गर्दै आएका कन्सल्टेन्सी माथि शिक्षा मन्त्रालयले निगरानी शुरु गरेको छ । विद्यार्थीका लागि नभएका यस्ता बर्गका भिसा मार्फत् समेत विद्यार्थी पठाउने क्रम बढेपछि मन्त्रालयले कडाई शुरु गरेको हो । कन्सल्टेन्सीहरुको मनपरीका कारण विद्यार्थीले हैरानी खेप्न थालेपछि मन्त्रालयले यस्ता कार्य नगर्न दशैं अघिनै सूचना जारी गरिरसकेको छ ।

यस्तै भिसा मार्फत् बंगलादेशका शिक्षण संस्थाहरुमा अध्ययन गर्न पठाउने र पछि त्यस्तो भिसा स्टुडेण्ट भिसामा परिवर्तन हुन नसकेपछि विद्यार्थी समस्यामा पर्ने गरेका घटना बढ्दै गए पछि उक्त क्रमलाई नियन्त्रण गर्न कडाई गरेको मन्त्रालयले जनाएको छ ।

'नेपालका केही कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई अन अराईभल र टुरिष्ट भिसामा बंगलादेशका शिक्षण संस्थाहरुमा अध्ययन गर्न पठाउने र पछि त्यस्तो भिसा स्टुडेण्ट भिसामा परिवर्तन हुन नसकी त्यस्ता भिसा लिएर जाने विद्यार्थीहरु समस्यामा पर्ने गरेका घटनाहरु बढ्दै गएको भन्ने जानकारी प्राप्त हुन आएकोमा यस मन्त्रालयको गम्भिररुपमा ध्यानाकर्षण भएको छ' मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, 'त्यस्ता भिसामा विद्यार्थी पठाउने कार्य नगर्न र नगराउन सम्वन्धित कन्सल्टेन्सीहरुलाई यसै सूचनाद्वारा सचेत गराईन्छ । साथै विद्यार्थी र अभिभावकहरुले पनि पछि आइपर्ने समस्या प्रति सजग रही अन अराईभल र टुरिष्ट भिसा लिई अध्ययन गर्न नजान र नपठाउन हुन अनुरोध गरिन्छ ।'

प्रतिक्रिया